एन्टिबायोटिक खाइरहेको रोगीले रक्सी खाए के हुन्छ ?


२७ पुष २०७४, बिहीबार
beautiful lady darinking

कतिपय महिलाहरु पार्टीमा गएका बेला रक्सी नखानुको कारण सोधे भने आफूले एन्टिबायोटिक खाइरहेको बताउँछन् । खासगरी गर्भवती महिलाहरुको यही जवाफ दिने गर्छन् । उनीहरु प्रायः यस्ता पार्टीमा गर्भवती भएको कुरा लुकाउँछन् । त्यसो त कतिपय पुरुषले पनि दिनदिनै रक्सी पिउनबाट जोगिनका लागि औषधि खाइरहेको बताउने गर्छन् । वास्तवमा एन्टिबायोटिक खाइरहेका बेला कुनै गर्भवती महिलाले रक्सी पिउनु हुन्छ कि हुँदैन रु महिला मात्र किन पुरुषले पनि एन्टिबायोटिक खाइरहेका बेला रक्सी भरसक खाँदैनन् ।

beautiful lady darinking

आखिर किन ?
केही मानिसहरुको धारणामा रक्सी पिउने व्यक्तिले खाइरहेको औषधिले राम्रोसँग काम गर्दैन । एन्टिबायोटिक खाइरहेका रोगीले रक्सी खायो भने त्यसले नराम्रो असर पुरायाउँछ भन्ने विश्वास छ ।

अध्ययनले के देखायो ?
लन्डनको जेनीटुर्नरी क्लिनिकले यसबारे तीन सयभन्दा बढी मानिसमा सर्भे गरेको थियो । ८१ प्रतिशत व्यक्तिलाई के लाग्थ्यो भने एन्टिबायोटिक खाइरहेको व्यक्तिले रक्सी खायो भने औषधिले काम गर्दैन । ७१ प्रतिशतले भने रक्सी खाँदै एन्टिबायोटिक खायो भने त्यसले पक्कै कैयौँ किसिमका साइड इफेक्ट निम्त्याउँछ ।

डाक्टर के भन्छन् ?
वास्तविकता त के हो भने चिकित्सकहरु भन्छन्, ‘तपाईं एन्टिबायोटिक पनि खानुस् र रक्सी पनि खानुस् । यसले खासै असर पुर्याउँदैन ।’ यस किसिमको धारणाले मानिसलाई रक्सीबाट टाढै राख्छ । जुन धेरै राम्रो कुरा हो । चिकित्सकहरुले औषधि खाइरहेका बेला रक्सी नखानुस् भन्नुको अर्थ औषधि खान नबिर्सियोस् र समयमै औषधि खाओस् भन्नु हो भन्ने धेरै चिकित्सकको राय छ । एन्टिबायोटिक खाँदा रक्सी पनि थप्न मिल्छ । यी दुवैको संगमले खासै असर पुरायाउँदैन । हुन त केही एन्टिबायोटिक खाँदै हुनुहुन्छ भने रक्सी नपिएकै राम्रो । सेफाालोस्पोरिन सेफोटेटान खाँदै हुनुुहुन्छ भने त्यस बेला रक्सी खानु हुँदैन । यसले शरीरलाई नोक्सान त पुरायाउँछ नै यी दुवैको मिश्रणले एसिटल्डिहाइड नामक केमिकल बन्छ । यस केमिकलले तपाईंलाई रिँगटा लाग्ने, उल्टी हुने र अनुहारको चमक बिगार्ने, टाउको दुख्ने, श्वास बढ्ने र मुटुमा पीडा हुने जस्ता समस्या देखिन्छन् । डाइसल्फिरम नामक औषधि खाइरहेका बेला पनि रक्सी पिउनु भयो भने समस्या देखिन्छ । यो औषधि रक्सीको लत छुटाउन प्रयोग हुन्छ । यो औषधि खाइरहेका बेला रक्सी पिएका खण्डमा विविध किसिमका लक्षण देखिन्छन् । ती देखिऊन् भनेर नै रक्सी छुटाउनका लागि कतिपय चिकित्सकहरुले यो औषधि लेखेर दिन्छन् ।

रक्सी नपिउने सल्लाह
मेट्रोनिडाजोल औषधि खाने सल्लाह दिँदा चिकित्सकहरुले रक्सी नखाने भनी चेतावनी दिन्छन् । मेट्रोनिडाजोललाई दाँतमा इन्फेक्सन, खुट्टामा घाउ भएका बेला वा अन्य चोट लागेका बेला प्रयोग गरिन्छ । मेट्रोनिडाजोल खाइरहनु भएको छ र रक्सी पनि थप्नु भयो भने टाउको दुख्ने, रिँगटा चल्ने, उल्टी हुने र छाति भारी हुनेजस्ता समस्या देखिन्छन् । हुन त सन् २००३ मा फिनल्यान्डमा भएको एउटा अध्ययनमा के थाहा पाइएको थियो भने रक्सी र मेट्रोनिडाजोलको संयुक्त सेवनले खासै  नराम्रो कुप्रभाव बोकेर ल्याउने होइन तर सकेसम्म यो औषधि खाइरहेका बेला रक्सी नखानु नै राम्रो भनेर चिकित्सकले सुझाउने गर्छन् ।

यस्तै अन्य एन्टिबायोटिकहरु छन्, टिनिडाजोल, लाइनेजालिड र एरिथ्रोमाइसिन । यी औषधि लेख्दै गर्दा रक्सी नखानु नै राम्रो भन्ने चिकित्सकीय सल्लाह हुने गर्छ । सबै एन्टिबायोटिक लिँदा रक्सी खानै नहुने भन्ने छैन । तिनको सूची निकै लामो छ । तर चिकित्सकहरु भन्छन्, ‘तपाईं साँच्चिकै निको हुन चाहनुहुन्छ तर रक्सी पनि खानुहुन्छ भने त्यो औषधिले काम गर्न लामो समय लाग्न सक्छ । त्यसैले चाँडै निको हुने चाहना राख्नेले रक्सी नखाएकै राम्रो ।’

कारण के त ?
एन्टिबायोटिकको प्रयोग कैयौँ रोग निको पार्नका लागि हुने गर्छ । कतिपय यस्ता औषधि त यौन संक्रमणबाट मुक्त हुनका लागि पनि प्रयोग हुने गर्छ । यस्तो अवस्थामा रक्सी नपिउनु नै राम्रो भनी चिकित्सकहरुको सल्लाह हुने गर्छ । कतिपटक त हल्ला पनि फाइदाकारक हुन्छन् । जस्तो एन्टिबायोटिक खाइरहेका बेला रक्सी पिउन नहुने आम धारणा । यो त स्वास्थ्यका लागि अति उत्तम हुने भइहाल्यो । स्वास्थ्यमा गम्भीर असर पुग्ने डरले कैयौँले औषधि खाइरहेका बेला कतिपय रोगीले रक्सी छुँदा पनि छुँदैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७