रोनाल्डोलाई राखियो क्वारेन्टाइनमा


२९ फाल्गुन २०७६, बिहीबार
ronaldo

काठमाडौं, २९ फागुन । युभेन्टसका खेलाडी डानिएले रुगानीलाई कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएसँगै क्रिस्टियानो रोनाल्डो र गोर्डन राम्सेलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
रुगानीसँगको सम्पर्कमा रहेको भन्दै रोनाल्डो र राम्सेलाई आइसोलेसनमा राखिएको हो ।

कोभिड–१९ को पुष्टि भएसँगै रुगानीले भनेका छन्, ‘समाचार पढेर मेरो बारेमा चिन्ता लिनेहरुलाई म ठिक भएको विश्वस्त तुल्याउन चाहन्छु । सबैले नियम मानिदिनु हुन म आग्रह गर्दछु । यो भाइरसले कुनै भेदभाव गर्दैन ।’

कोभिड–१९ को संक्रमण फैलिँदै गएपछि युरोपका ठूला खेल स्थगित गरिनुका साथै केही खेल बिना दर्शक नै खेलाइएको छ । पछिल्लो समय इङलिस क्लब आर्सनलका सबै खेलाडीलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

चीनपछि इटालीमा कोभिड–१९ को असर बढी देखिएको छ । बिहीबार दिउँसोसम्म इटालीमा कोभिड–१९ को संक्रमणबाट ८२७ जनाको मृत्यु भएको छ भने १२ हजार ४६१ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७