मिर्गौला प्रत्यारोपणको ९ दिनपछि प्रधानमन्त्रीको दोस्रो ‘भिजिटर’ बनिन् पत्नी राधिका


२९ फाल्गुन २०७६, बिहीबार
KP Oli at hospital

काठमाडौं, २९ फागुन । मिर्गौला प्रत्यारोपणको नौं दिनपछि आज (बिहीबार) पत्नी राधिका शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलाीलाई भेटेकी छन् ।

राधिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने दोस्रो ‘भिजिटर) हुन् । बिहीबार शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा पुगेर पत्नी राधिकाले प्रधानमन्त्रीलाई भेटेकी हुन् ।

उपचारमा संलग्न चिकित्सक बाहेक यसअघि मिर्गौलादाता समीक्षा संग्रौलाले बुधबार पहिलो भेट गरेकी थिइन् । ‘प्रधानमन्त्री ज्यूको स्वास्थ्यमा निरन्तर प्रगति छ’, रिमालले ट्वीटरमा लेखेका छन्, ‘दोस्रो भिजिटरको रुपमा प्रथम महिला राधिका शाक्यले भेट्नु भयो ।’

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्णा खड्गाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘सबै स्वास्थ्य सूचक सामान्य छन्’, उनले भने, ‘मिडियामा सार्वजनिक भए जस्तो प्रधानमन्त्रीलाई केही संक्रमण छैन ।’

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण नियमित रुटिनमा भएको उनको भनाइ छ ।फागुन १९ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो । मिर्गौला दाता समीक्षाको बुधबार डिस्चार्ज भए पनि प्रधानमन्त्रीको अस्पताल बसाइ भने लम्बिएको छ ।

पारिवारिक स्रोतले केही दिन अस्पतालमै राख्न आग्रह गरेपछि उनको अस्पताल बसाइ लम्बिएको हो । निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमै प्रधानमन्त्रीको स्वास्थ्य उपचारका लागि व्यवस्थापकीय तयारी पूरा भएपछि मात्र डिस्चार्ज हुने बताएकी छन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि पहिलो पटक भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७