सुनको मूल्य एकदिनमै ३ हजार घट्यो


प्रकाशित मिति : March 13, 2020
फाइल फोटो

काठमाडौँ, ३० फागुन : केही दिनदेखि उकालो लागिरहेको सुनको मुत्यामा एकै दिनमा प्रति तोला ३ हजार ३ सयले गिरावट आएको छ ।

बिहीबारसम्म प्रति तोला ८१ हजार ५ सय रुपैयाँले किनबेच भएको छापावाल सुन शुक्रवार ७८ हजार २ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएका छन् । त्यसतै चाँदीमा पनि मूल्य घटेको छ ।

बिहीबारसम्म प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार ८ सय २० रुपैयाँमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्