घरेलु मदिराले लियो धनुषामा एकै गाउँका पाँच जनाको ज्यान, तीन जना गम्भिर


३० फाल्गुन २०७६, शुक्रबार
madira

धनुषा, ३० फागुन । धनुषामा घरेलु मदिरा सेवनबाट एकै गाउँका पाँचको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट बिहीबार राति पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–२ रमैदयाका ३५ वर्षीय बह्मदेव यादव, ३० वर्षीय राजु महरा, ३६ वर्षीय गुदरी महरा, ३० वर्षीय रामनारायण महरा र ४२ वर्षीय बिलास मण्डल रहेको इप्रका महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।

प्रहरी निरीक्षक नायकले होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवनको उनीहरुको मृत्यु भएको बताए । मदिरा पिउँदा सिकिस्त बिरामी परेका ईन्द्रजीत सदाको चिन्ताजनक अवस्थामा धरानमा उपचार भइसकेको छ ।

मृतकलाई जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा ल्याएको जनाएको छ । घटनाको अनुसन्धानमा मृतकको घर परिवारसँग सोधपुछ जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७