धनुषामा घरेलु मदिरा पिउँदा पाँचको मृत्यु


प्रकाशित मिति : March 13, 2020

काठमाडौं, ३० फागुन : धनुषामा घरेलु मदिरा सेवनबाट एकै गाउँका पाँचको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट बिहीबार राति पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–२ रमैदयाका ३५ वर्षीय बह्मदेव यादव, ३० वर्षीय राजु महरा, ३६ वर्षीय गुदरी महरा, ३० वर्षीय रामनारायण महरा र ४२ वर्षीय बिलास मण्डल रहेको इप्रका महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएका छन् । प्रहरी निरीक्षक नायकले होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवनले उनीहरुको मृत्यु भएको बताए ।

मृतकलाई जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा ल्याएको जनाएको छ । घटनाको अनुसन्धानमा मृतकको घरपरिवारसँग सोधपुछ जारी रहेको प्रहरीको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्