जलविद्युत आयोजना निमार्णमा विदेशी लगानीको भर पर्नु पर्दैन


२७ पुष २०७४, बिहीबार
South Western College Student 2

काठमाडौं: सरकारले अघि सारेको ७ बर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य स्वेदेशी लगानीबाटै सम्भव हुने देखिएको छ । साउथ वेष्टर्न विजनेश कलेजका विद्यार्थीहरुले विदेशी दाताहरुको भर नपरी स्वेदेशी लगानीमै कसरी जलविद्युत आयोजनाहरु निमार्ण गर्ने भन्ने योजना अघि सारेर हिमालयन हाइड्रो एक्स्पो २०१८ मा प्रथम स्थान प्राप्त गरेका हुन् ।South Western College Student 2

पहिलो स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई साउथ वेस्टन विजनेश कलेजले सम्मान गरेको छ । विहीबार विजेताहरुलाई एक कार्यक्रमका बिच कलेजका अध्यक्ष कृष्ण बहादुर कार्की, प्रिन्सिपल डा. जयहरी राज पाण्डेले प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिस्पर्धामा कलेजमा बिबिए पाचौं सेमेस्टरमा अध्ययनरत सविन तामाङ, स्मृति श्रेष्ठ, प्रतिक्षा लोहनी, आशिष गुरुङ, सदिक्षा ढकाल, तेस्रो समेस्टरमा अध्ययनरत अनुशाराज भण्डारी र प्रियंका कोइरालाले प्रतिस्पर्धामा भाग लिएका थिए ।
पुस २१ गतेदेखि २३ गते सम्म राजधानीको भुकृटीमण्डपमा संचालन भएको एक्स्पोमा उनीहरुले प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धामा आफ्नो योजना प्रस्तुत गरेका थिए । उनीहरुले यस विधामा एक दर्जन बढी कलेजका प्रतिस्पर्धीहरुलाईपछि पार्दै पहिलो स्थान प्राप्त गरेका थिए । उनीहरुले सकारी कर्मचारी, बिद्यार्थि, रेमिट्यान्स र प्रत्येक घर परिवारको संलग्नताबाट स्वदेशी लगानीमै जलविद्युत आयोजना निमार्ण गर्न सकिने योजना सहतिको कार्यपत्र प्रतिष्पर्धामा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७