निता काङमाङ बनिन् राई विद्यार्थी सुनसरीको पहिलो महिला अध्यक्ष


१ चैत्र २०७६, शनिबार
Krsu nita kanmang rai 4

धरान, ३० फागुन । निता राई किरात राई विद्यार्थी संघ सुनसरी जिल्ला कार्य समितिको पहिलो महिला बनेकी छिन् । महेन्द्र बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहमा अध्ययनरत उनी संघको सातौँ जिल्ला सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् ।

धरान स्थित किरात राई यायोक्खा भवन यलम्बर स्मृति संग्रालयमा भएको सम्मेलनमा उनको नेतृत्व १७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो । यसअघि समिप राई, सन्तोष मुक्मिन राई, यलमहाङ राई, भिमज्वाला राई, देवान किराती लगायतका विद्यार्थीहरु अध्यक्ष भएका थिए ।

सातौ सम्मेलनबाट निता राईको अध्यक्षता १७ नयाँ कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा सुस्मा राई, सचिवमा हेमराज राई, सहसचिवमा अर्जुन राई, कोषाध्यक्षमा अनिल राई, संगठन विभाग प्रमुखमा युवराज राई चयन भएका छन् ।

त्यस्तै प्रचार प्रचार विभागमा सीमा राई, महिला विभागमा जुनु राई, प्रशिक्षण विभागमा परिना राई, अतिरिक्त क्रियाकलाप विभागमा उपार्जुन राई चयन भएका छन् । सदस्यहरुमा मनिसा राई, कल्पना राई र विक्रम राई रहेका छन् ।kirat student

सम्मेलनमा केन्द्रीय अध्यक्ष जितेन राई, केन्द्रीय उपाध्यक्ष सन्तोष मुक्मिन राई, महासचिव रविन राई, सचिव प्रविणा राई, किराया सुनसरी जिलला सचिव राजेन्द्र राई, वरिष्ठ पत्रकार जनकक्रृर्षि राई लगायतको उपस्थिती रहेको थियो ।

समुदायलाई भाड्न छोडेर मिल्न आउनुहोस् : अध्यक्ष जितेन राई
कार्यक्रम संघका केन्द्रीय अध्यक्ष राईले असन्तुष्टका नाम समान्तर संगठनको अभ्यास गर्न खोज्ने समुहलाई समुदायमा बिद्धेष फैलाउन छोडेर मिल्न आउनु आग्रह गरेका छन् ।

jiten rai

उनले भने,‘म अनुरोध गर्ने चाहन्छु, किरात राई विद्यार्थी संगठनलाई विभाजन गरेर, भद्रगोल र्सिजना गरेर, समुदायमा विद्धेष फैलाउन छोडेर मिल्न आउनुहोस् ।’

यस्तै संघकै पूर्व नेताहरू विभाजन गर्न लागिपरेको आरोप लगाए । ‘दुखकोसाथ भन्नुपर्छ, किरात राई विद्यार्थी संघले उठाएको एजेण्डाहरुलाई कमजाेर  बनाउनको लागि संगठनकै पूर्व नेताहरू विभाजनतर्फ लागिपर्नु भएको छ ।’

उनले संघको मुद्दा र एजेण्डाहरुलाई कम्जोर बनाउने खेल किराती समूदायको लागि निकै दुःखको विषय भएको पनि उनले बताए । गतल प्रवितिहरुलाई छाडेर आजैको दिनबाट फेरी एक्यवदता भएर ‘किरात प्रदेश’को अभियानमा लाग्न पनि अध्यक्ष राईले अनुरोध गरे । समूदयालाई विभाजा गर्न नहुने पनि उनको तर्क थियो ।

यस्तै महासचिव रविन राईले संगठनको अनुशासन, मर्यादा विपरित काम गर्नेलाई एकदुई पल्ट सम्झाउन बुझाउने सकिने तर निरन्तर उही कार्य दोर्याउने छुट संगठनमा कसैलाई नभएको बताए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७