नेपाली ‘नमस्कार’ विश्वब्यापी


१ चैत्र २०७६, शनिबार
trump

काठमाडौं, १ चैत । भ्रमणमा आएका आयरल्याण्डका प्रधानमन्त्री लियो भारड्करसँग हाइट हाउसमा भेट्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘नमस्कार’ गरे । र, भने ‘कोरोना भाइरस प्रभावित यस बेला यो जरुरी पनि छ ।’

भेट हुँदा साटासाट गरिने नेपाली अभिवादन ‘नमस्कार’ यतिबेला विश्वब्यापी बनेको छ । राष्ट्रपति ट्रम्प गत महिना भारत भ्रमणमा आउँदा भारत सरकारले स्वागतका लागि ‘नमस्ते ट्रम्प’ नामको कार्यक्रम नै आयोजना गरेको थियो ।

ट्रम्पले पनि दुई हात जोडेर गुजरातको अहमदाबादमा भेला भएका हजारौं जनतामाझ हाँसेर ‘नमस्ते’ गरे । तर त्यसबेला सम्म भारतमा कोरोना भाइरसको संक्रमण फैलिसकेको थिएन ।

जब विश्वभर कोरोना भाइरसको संक्रमण अनियन्त्रित रुपमा फैलन थाल्यो हात मिलाउनेहरु पनि धमाधम ‘नमस्ते’ गर्न थाले । अन्ततः विश्वभर नमस्ते कल्चर नै फैलियो । हाल विश्वका प्रभावशाली नेताहरुमाझ भेटघाटका बेला हात मिलाउनुको सट्टा नमस्ते गर्ने शैली अभ्यस्त भइसकेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७