भारतमा कोरोनाबाट थप एकको मृत्यु, संक्रमित ८२ पुगे


१ चैत्र २०७६, शनिबार
korona 8

नयाँदिल्ली, १ चैत । छिमेकी देश भारतमा कोरोना भाइरसबाट थप एक जनाको ज्यान गएको छ ।
राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षकी महिलाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

ती महिलामा मधुमेह र उच्च रक्तचापको समस्या यसअघिदेखि नै रहेको परिवारले बताएका छन् । ज्यान गुमाएकी महिलामा उनको छोराबाट संक्रमण सरेको अनुमान छ ।

गएको फेब्रअरीमा स्विजरल्याण्डबाट इटाली हुँदै भारत पुगेका ती युवामा कोरोना पुष्टि भएको केही दिनमा नै आमामा पनि कोरोना भएको पाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिले ती युवा र ज्यान गुमाएकी महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई निगरानीमा राखिएको छ ।

यसअघि गएको मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षका पुरुषको ज्यान गएको थियो । उनी भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने पहिलो व्यक्ति थिए ।

भारतमा संक्रमितको संख्या ८२ पुग्यो
भारतमा मात्रै कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । जसमध्ये ६५ जना भारतीय नागरिक रहेका र अरु १७ जना विदेशी नागरिक रहेका तथा १० जना उपचारपछि निको भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतले मात्रै अहिलेसम्म ११ लाख ७१ हजार ६१ जनाको कोरोना परीक्षण गरेको जनाएको छ । यसैबीच भारतले बंगलादेशसँगको रेल र बस सेवा एक महिनाको लागि बन्द गर्ने निर्णय गरेको छ । मार्च १५ अर्थात भोलिदेखि आउँदो वैशाख ३ गतेसम्म दुई देशबीचको यातायात सेवा बन्द गर्ने निर्णय गरिएको भारतको गृह मन्त्रालयले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७