ट्रम्पद्धारा अमेरिकामा राष्ट्रिय सङ्कटकाल घोषणा


१ चैत्र २०७६, शनिबार
Donald Trump declares national emergency
President Donald Trump speaks during a news conference about the coronavirus in the Rose Garden of the White House, Friday, March 13, 2020, in Washington. (AP Photo/Evan Vucci)

अमेरिका, १ चैत :  अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा गरेका छन्।

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ४१ जनाको ज्यान गइसकेको छ भने १६ सय ७८ जनामा यसको संक्रमण पुष्टि भएको छ। संक्रमण फैलिदै गएपछि ट्रम्पले शुक्रबार राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।

सङ्कटकालको घोषणा गर्न ट्रम्पले ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् प्रत्यक्ष सम्बोधन गरेका थिए। कोरोनाभाइरस सङ्क्रमणको परीक्षण उपलब्ध गराउन विफल भएको भनेर ट्रम्प प्रशासनको व्यापक आलोचना भएको थियो। यो आलोचनासँगै नियन्त्रणको लागि ट्रम्पले यो घोषणा गरोक हुन् । सङ्कटकाल घोषणा गरेपछि सङ्घीय सरकारले आपत्कालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्न सक्नेछ।

गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणको महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको छ। शुक्रवार विभिन्न युरोपेली देशमा सङ्क्रमण र मृत्युको दर ह्वात्तै बढेको बताएका छन्।

इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृत्यु भयो। अहिलेसम्म त्यहाँ कुल १,२६६ जनाको मृत्यु भइसकेको छ भने १७,६६० मा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७