प्रधानन्यायाधीश पराजुलीको रणनीति : बिदा पनि नबस्ने, मुद्दा पनि नहेर्ने


२७ पुष २०७४, बिहीबार
Gopal Parajuli 1

काठमाडौ :  शैक्षिक योग्यता र नागरिकताको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश अनुसार न्यायपरिषद्ले विवरण नबुझाएसम्म प्रधानन्यायाधीश गोपाल पराजुलीले मुद्दा हेर्नु नहुने धारणा प्रकट भइरहेका छन् । न्यायपरिषदले विवरण नबुझाएसम्म प्रधानन्यायाधीश पराजुलीले मुद्दा नहेरी बिदा लिनुपर्ने कुरा पनि उठाइरहेका छन् । तर पराजुली बिदा पनि नलिने र परिषद्को निर्णय नआउन्जेल मुद्दा पनि नहेर्ने योजनामा रहेको सर्वोच्च अदालत स्रोतले बताएको छ । परिषद्ले विवरण नबुझाएसम्म जिल्ला भ्रमणमा जाने सोचमा उनी पुगेका छन् ।

Gopal Parajuli 1

सर्वोच्चले बुधबार डा.गोविन्द केसीलाई सामान्य तारिखमा रिहा गर्न र प्रधानन्यायाधीश पराजुलीको शैक्षिक योग्यता र नागरिकताका बारेमा उठेका सवालका बारेमा यथार्थता के हो न्यायपरिषद्लाई एक हप्ताभित्र पेश गर्ने आदेश दिएको थियो । बिहीबार पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा दिएकाले अदालत बन्द भयो । शुक्रबार प्रधानन्यायाधीश पराजुली रुकुमको भ्रमणमा जान लागेका छन् ।

शुक्रबार रुकुमतर्फ जान लागेका प्रधानन्यायाधीश पराजुली संभवतः पश्चिमका अरु जिल्लामा समेत जाने र अदालतको आदेशअनुसार न्यायपरिषदले विवरण बुझाएपछि मात्र फर्कने सर्वोच्च अदालत स्रोतले बताएको छ । सर्वोच्चले बुधबार डा.गोविन्द केसीलाई सामान्य तारिखमा रिहा गर्न र प्रधानन्यायाधीश पराजुलीको शैक्षिक योग्यता र नागरिकताका बारेमा उठेका सवालका बारेमा यथार्थता के हो न्यायपरिषदलाई एक हप्ताभित्र पेश गर्ने आदेश दिएको थियो । बिहीबार पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा दिएकाले अदालत बन्द भयो ।

शुक्रबार प्रधानन्यायाधीश पराजुली रुकुमको भ्रमणमा जान लागेका छन् । शुक्रबार रुकुमतर्फ जान लागेका प्रधानन्यायाधीश पराजुली सम्भवत पश्चिमका अरु जिल्लामा समेत जाने र अदालतको आदेशअनुसार न्यायपरिषद्ले विवरण बुझाएपछि मात्र फर्कने सर्वोच्च अदालत स्रोतले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७