माओवादी १६ मन्त्रीद्वारा सामूहिक राजीनामा दिने तयारीमा


२७ पुष २०७४, बिहीबार
mao center officeमाओबादी

काठमाडौ: माओवादी केन्द्रका नौ मन्त्रीसहित सात राज्यमन्त्रीहरुले आजै राजिनामा दिने तयारी गरेका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाले असोज ३१ गते माओवादीका मन्त्रीसहित राज्यलाई विना विभागीय बनाएका थिए । आजै माओवादी केन्द्रका सबै मन्त्री र राज्यमन्त्रीले प्रधानमन्त्री देउवालाई बुझाउदै छन् ।mao center officeमाओबादी

निर्वाचन सुनिश्चिताका लागि विना विभागीय भएपनि सरकारमा बसेको विना विभागीय मन्त्री जनार्दन शर्माले बताए ।माओवादीबाट सरकारको नेतृत्व गरेका कृष्णबहादुर महरासहित विनाविभागीय नौ जना मन्त्री र सात राज्यमन्त्रीले राजीनामा दिँदै छन् । जसमा जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही,शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारु र प्रभु साह छन् । यस्तै राज्यमन्त्रीमा मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुरमा श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुवँर, ओङदी शेर्पा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७