आहा-रारा गोल्डकपको उपाधि मनाङलाई, पुलिस टाइब्रेकरमा पराजित

को-को भए को भए उत्कृष्ट ?


१ चैत्र २०७६, शनिबार
Pokhara Aha Gold cup scaled
kf]v/f, ! r}t M g]kfn k’ln; Sna / dgfª d:ofªbL SnaaLr v]n k|lt:kwf{ kf]v/fdf zlgaf/ ePsf] cfxf /f/f uf]N8sk km’6an k|ltof]lutfsf] kmfOgn v]ndf g]kfn k’ln; Sna / dgfª d:ofªbL SnaaLr v]n k|lt:kwf{ x’Fb} . t:jL/M /flwsf sF8]n÷/f;;

पोखरा, १ चैत :  नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै नेपाल आयल मनाङ मर्स्याङ्दी क्लबले आहा रारा गोल्डकपको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि जितेको हो।

नियमित ९० मिनेटमा दुवै टोली राम्रा राम्रा अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा खेल शुन्य शुन्यको बराबरीमा अतिरिक्त समयका लागि लम्बिएको थियो । थप गरिएको ३० मिनेटमा पनि दुवै टोलीले गोल गर्न नसक्दा टाइब्रेकरमा पुगेको खेलमा मनाङले अनन्त प्रहरीको चुनौती पन्छाउदै उपाधि चुम्न सफल रह्यो ।

टाईब्रेकरमा पुलिसका तेज तामाङ र अजित भण्डारीको प्रहार बिफल हुँदा पुलिस आठौँ पटक उपाधि जित्नबाट बञ्चित भएको हो। आहा–रारामा मनाङ र पुलिसको चौथो भेट हो।
टाइब्रेकरमा मनाङका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज बिके र रन्जन विष्टले गोल गरेका थिए भने निशान लिम्बुको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाएका थिए ।

त्यस्तै पुलिसका लागि भोला सिलवाल, हेम तामाङ र बुद्ध बलको प्रहारले जाली चुम्दा अजित भण्डारी र तेज तामाङको प्रहारमा मनाङका गोलरक्षक अशोक बराल बाधक बन्न पुगे ।

को-को भए को भए उत्कृष्ट ?

आहा–रारा गोल्डकपका नेपाल पुलिसका अजित भण्डारी उत्कृष्ट खेलाडी बन्दै एक थान एप्रिला स्कुटर प्राप्त गरे। मनाङका अशोक बराल उत्कृष्ट गोलरक्षक भए । सुरज बिके (मनाङ) का उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर( नितिन थापा (मनाङ), उत्कृष्ट फरवार्ड( अन्जन बिष्ट (मनाङ) र। उत्कृष्ट प्रशिक्षक( तोपे फुजा (मनाङ) भए ।

सर्वाधिक गोलकर्ता (भरत साह (पुलिस), निर कुमार राई (पुलिस), अन्जन बिष्ट (मनाङ) , सुसान श्रेष्ठ (थ्री स्टार) र त्रिदेव गुरुङ (सहारा) भए । उनीहरु सबैले समान २(२ गोल गरेका थिए। उत्कृष्ट हुने सबैले जनही २५ हजार पाएका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७