डिस्चार्ज लगत्तै प्रधानमन्त्री सक्रिय, शनिबार दिनभरी भेटघाटमा सक्रिय


१ चैत्र २०७६, शनिबार
PM KP Sharma Oli

काठमाडौं, १ चैत :  प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भए लगत्तै सक्रिय भएका छन् । गत २१ गते मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको थियो । डिस्चार्जलगत्तै शनिबारबाटै प्रधानमन्त्री ओलीले पार्टीका शीर्ष तहका नेताहरूसँग भेट सुरु गरेका छन् ।

प्रधानमन्त्री ओली शनिबार दिनभरी भेटघाट र छलफलमा दिनभरी जसो व्यस्त भए । प्रधानमन्त्री ओली कम्तीमा चारभन्दा बढी भन्दा बढी बेग्ला बेग्लै भेटघाट र छलफलमा सहभागी भए ।

प्रधानमन्त्री ओलीसँग शनिबार विहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरी प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका थिए । प्रचण्डले समसामयिक राजनीतिक गतिविधिबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

लगत्तै शनिबार नै वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई भेटेर पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । भेटमा नेता नेपालले प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । प्रधानमन्त्री ओली र नेपालपछि पछिल्लो राजनीतिक अवस्था बारेमा पनि संक्षिप्त कुराकानी भएको थियो ।

प्रधानमन्त्रीले शनिबार नै रक्षामन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग पनि भेटघाट र छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्रीले कोरोना भाइरसको उपचारार्थ छुट्टै अस्पतालको आवश्यकता रहेको बताएका थिए ।

PM KP oli Meet with Team
महासचिव पौडेल सहित सल्लाहकार टिमसँग प्रधानमन्त्री

प्रधानमन्त्रीले शनिबार नै नेकपाका महासचिव विष्णु पौडेल सहित आफ्ना सल्लाहकार टिसमँग भेटघाट र छलफल गरेका हुन् । महासचिव पौडेल सहित प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापासँग छलफल गरेका हुन् ।

संक्रमणको चिन्ता

प्रधानमन्त्री ओली पूर्ण रुपमा स्वस्थ हुन ६ महिनादेखि वर्षदिन लाग्ने प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले बताइसकेकी छिन् । प्रधानमन्त्रीले यो समयमा सकेसम्म आरम गर्नुपर्नेमा चिकित्सकहरुको जोड छ । बढी भेटघाटमा सक्रिय हुदा संक्रमणको समस्या रहने भन्दै भेटघाटलाई कम गर्न चिकित्सकहरुले जोड दिदै आएका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७