यी हुन् ३० कटेका अविवाहित हिरोइन


२७ पुष २०७४, बिहीबार
kajal agrawal काजल अग्रवाल 1
?????????????????????????????????????????????????????????

एजेन्सी, दक्षिण भारतिय फिल्ममा चर्चित बनेका हिरोइन मध्ये हुन् अनुष्का शेट्टी । जो ३० वर्ष कटिसकेकी अविवाहित छिन् । अनुष्का मात्रै हैन ३० केटेकी अविवाहित हिरोइन । उनीजस्तै दक्षिण भारतीय फिल्मका केही चर्चित हिरोइन, जो ३० वर्ष वा त्यसभन्दा बढी उमेरका छन्, तर बिहे भएको छैन । भारतीय संचारमाध्यमले तयार पारेको अविवाहित केही चर्चित हिरोइनहरुको यस्ता छन् ।

kajal agrawal काजल अग्रवाल 1
काजल अग्रवाल

अनुष्का शेट्टी–३६ वर्ष
दक्षिण भारतका तमिल तथा तेलेगु फिल्मकी सुपरस्टार हुन्, अनुष्का शेट्टी । उनलाई विशेषगरी बाहुबलीका दुईटा सिरिजले सुपरस्टार बनाएको हो । उनलाई अनुष्का मात्र होइन, देवसेनाको उपनामले पनि चिन्ने गरिन्छ । सन् २००५ मा ‘सुपर’ नामक फिल्मबाट करिअर सुरु गरेकी अनुष्काका ‘विक्रमकुडु’, ‘डोन’, ‘किंग’, ‘सौर्यम्’, ‘बिल्ला’, ‘अरुन्धती’, ‘रगडा’,‘‘वेदम’, ‘सिंघम २’लगायत थुपै्र फिल्म सफल छन् । ३६ वर्षीया अनुष्का प्रभासको प्रेममा रहेको खबर आउने गरेको छ । तर, उनी भने आफ्नो अफेयरबारे खुल्ने गर्दिनन् ।

काजल अग्रवाल–३२ वर्ष
अर्की चर्चित हिरोइन हुन्, काजल अग्रवाल । सन् १९८५ जुन १९मा जन्मिएकी काजल दक्षिण भारतीय फिल्ममा मात्र नभई बलिउडमा पनि चर्चित छिन् । साउथमा ‘मगाधिरा’, ‘थुप्पाकी’, ‘चन्द्रमामा’लगायतका हिट फिल्म दिएकी काजलले बलिउडका ‘रुपेशल २६’ र ‘सिंघम’ फिल्ममा अभिनय गरेकी छिन् । ३२ वर्षीया काजल तत्काल बिहे बन्धनमा नबाँधिने सोचमा छिन् ।

नयनतारा–३३ वर्ष
सन् १९८४ को नोभेम्बर १८ मा जन्मिएकी नयनतारा पनि साउथ इन्डियाकी चर्चित हिरोइन हुन् । उनले ‘मनसिनक्कारे’, ‘रुप्पकल’, ‘गजनी’, ‘योगी’, ‘बिल्ला’लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । ३३ वर्षीया नयनतारा पनि अविवाहित छिन् । वेलावेलामा उनको अफेयरको खबर आउने गरेको छ । तर, उनी अहिले करिअरमै केन्द्रित हुन चाहने बताउँछिन् ।

तृषा कृष्णन्–३४ वर्ष
अर्की अविवाहित हिरोइन हुन्, तृषा कृष्णन् । ३४ वर्षीया तृषा पनि प्रेम, विवाहभन्दा आफ्नो ध्यान करिअरमा केन्द्रित गरेको बताउने गर्दछिन् । सन् १९८३ को मे ४ मा जन्मिएकी तृषाले ‘वर्षम्’, ‘जी’, ‘आरु’, ‘कृष्णा’, ‘भीमा’, ‘समर’लगायतका हिट फिल्म दिएकी छिन् । उनले सन् २०१० मा बलिउडको ‘खट्टा मिठ्ठा’ नामक फिल्ममा पनि अभिनय गरेकी छिन् ।

श्रीया शरण–३५ वर्ष
श्रीया शरण ३५ वर्षकी भइसकिन् । प्रेमको मामलामा उदार भए पनि बिहे बन्धनमा भने उनी पनि बाँधिएकी छैनन् । सन् १९८२ को सेप्टेम्बर ११ मा जन्मिएकी श्रीयाले सन् २००२ मा ‘सन्तोष’ फिल्मबाट अभिनययात्रा सुरु गरेकी हुन् । त्यसपछि उनले ‘टंगोर’, ‘शिवाजी दी बोस’, ‘कंदस्वामी’लगायतका दक्षिण भारतीय फिल्ममा अभिनय गरिन् । उनले ‘मिसन इस्तानबुल’, ‘दृश्यम्’लगायतका बलिउड फिल्ममा पनि अभिनय गरेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७