अब यातना ‘नो’ भन्छु, त्यसैले वैवाहिक जीवन तोड्दैछु :पूर्व मिस नेपाल उषा खड्गी


२ चैत्र २०७६, आईतवार
usha khadgi

काठमाडौं, २ चैत :  पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध विच्छेद निर्णय लिएकी छिन् । उनले एक टेलिभिजनसँगको कुराकानीमा जीपी तिमल्सिनासँगको वैवाहिक जीवन तोड्ने निर्णय गरेको बताएकी छिन् ।

खड्गीले कुराकानीमा भक्कानिए आफूमाथि निरन्तर हिंसा भएको उल्लेख गरेकी छिन् । खड्गीले फेसबुकमा पनि आफूले शारीरिक र मानसिक यातना सहनु परेको लेखेकी छिन् । उनले फेसबुकमा लेखेकी छिन् ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नो’ ।’

उनले सबैलाई अअब आफू र आफ्नो सन्तानको अधिकारको लागि लड्ने उल्लेख गरेकी छिन् ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसै मार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’

Family of Usha Khadki
उषाको परिवार

जीपी तिमल्सिना र उषा खड्गीबीच १९ वर्षअघिको चिनजान हो । २ वर्ष रिलेसनसिपमा बसेपछि उनीहरूबीच बिहे भएको थियो । हाल उषा र जीपीबाट एक छोरा र एक छोरी छन् । सन् २००० मा मिस नेपाल बन्नुअघि नै यी दुई प्रेममा थिए । यी दुईको अन्तरजातीय विवाह हो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७