स्पेनिस प्रधानमन्त्रीपत्‍नीमा पनि कोरोना भाइरसको संक्रमण


प्रकाशित मिति : 15 March, 2020 11:21 am

काठमाडौं, २ चैत : स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा पनि कोरोना भाइरसको संक्रमण भएको देखिएको छ । प्रधानमन्त्री पेद्रो सान्चेज पत्नीलाई कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ भेटिएपछि उपचार सुरु भएको छ ।

भाइरस देखिए पनि उनी खतरामुक्त रहेका अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएको छ । स्पेनिस सराकारले मन्त्रिपपरिषद्का सबै सदस्यको स्वास्थ्य परीक्षण गराएको थियो। त्यसक्रममा दुई मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियासमा संक्रमण भेटिएको थियो।

युरोपमा इटालीपछि स्पेन कोरोना भाइरसले संक्रमित दोस्रो ठूलो देश हो। यहाँ शनिबार साँझसम्म कोरोना भाइरस संक्रमणबाट सय जनाको मृत्यु हुनुका साथै ५ हजार ७ सय व्यक्ति संक्रमित भएको स्पेनिस सञ्‍चारमाध्यमहरुले जनाएका छन्।

यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोइरलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । पत्नीमा संक्रमण देखिएपछि प्रधानमन्त्री पनि १४ दिनसम्म आइसोलेसनमा बसेका छन् । 

प्रतिक्रिया दिनुहोस्