धनुषामा विषालु रक्सीबाट ज्यान गुमाउने १६ पुगे, १५ बढी बिरामी


२ चैत्र २०७६, आईतवार
madira 1

काठमाडाैं २ चैत : धनुषा क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा विषाक्त घरेलु रक्सी पिउँदा थप एक जनाको मृत्यु भएको छ । यो सँगै विषाक्त रक्सी पिउँदा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।
शुक्रवारसम्म ११ जनाको मृत्यु भएको थियो ।

शनिवार चार जनाको ज्यान गएको थियो भने आइतबार थप एक जनाको ज्यान गएको छ । आइतबार मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका २६ वर्षीय जितेन्द्र सदाको मृत्यु भएको हो । अझै जितेन्द्रजस्तै १५ जनाभन्दा बढी बिरामी परेका छन् ।
विषाक्त घरेलु रक्सीले धनुषामा मानवीय क्षति पु¥याएको यो नै पहिलो पटक भने होइन ।

क्षति पटक–पटक भएका छन् । तर, प्रशासन र प्रहरीले विषाक्त रक्सी उत्पादन र बिक्री निषेध नगर्दा क्षति दोहोरिने गरेका हुन् । १२ वर्षअघि १४ भदौ ०६४ मा जनकपुर–३ किशोरीनगर क्षेत्रमा एकै पटक १४ जनाको ज्यान गएको थियो  । उनीहरू सबैको रक्सी पिएको २४ घण्टाभित्रै मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७