बैंकर कृष्ण सुबेदी माछापुच्छ्रेबाट नविल बैंक जाँदै


२ चैत्र २०७६, आईतवार
krishna subedhi

काठमाडौं, २ चैत । लामो समय बैंकिङ क्षेत्रमा कार्यरत बैंकर कृष्ण सुवेदी माछापुच्छ्रे बैंकबाट नविल बैंक जाने भएका छन् ।

माछापुच्छ्रे बैंकमा म्यानेजरको भूमिका निर्वाह गरेका सुवेदी नविल बैंकमा पनि म्यानेजर पदमै मार्केटिङ हेर्ने जिम्मेवारीका साथ जाने लागेका हुन् । झन्डै दुई दशक बैंकिङ तथा कर्पोरेट क्षेत्रमा काम गर्दै आएका कृष्ण सुवेदी नबिल बैंक लिमिटेडको प्रबन्धक (म्यानेजर) मा नियुक्त भएका छन् ।

मार्केटिङ क्षेत्रमा अनुभव संगालेका सुवेदेसँग १८ वर्षको अनुभव सहित विगत १० वर्षदेखी बैंकिङ क्षेत्रमा काम गरिरहेका छन् । ८ वर्ष (बोटलर्स नेपाल) कोकाकोला कम्पनीको मार्केटिङ गरेको सुवेदी एनएमबि बैंकमासमेत काम गरेका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७