पूर्वमिस नेपाल उषा खड्गीले गरिन् ‘डिभोर्स’


२ चैत्र २०७६, आईतवार
1584246965usha gpp

काठमाडौं, २ चैत । पूर्वमिस नेपाल उषा खड्की र जिपी तिमिल्सिना अलग्गिएका छन् । सन् २००० की मिस नेपाल उषा र सञ्चारकर्मी जिपी तिमिल्सिनाको सम्बन्धमा केही वर्षयता दरार आएको थियो ।

उषाले आफू शारीरिक र मानसिक रुपमा दुर्व्यवहारमा परेर एकसाथ बस्न नसक्ने उल्लेख गर्दै ‘नाइँ’ भनेको बताएकी छिन् । लामो समयदेखि परिवारमा खटपट परे पनि मिडियामा डिभोर्स हुन लागेको हल्लापछि यी दुईले आफूहरुले डिभोर्स गर्न नखोजेको दाबी गर्दै आएका थिए । अब भने उषाले आफू कानूनी रुपमा अलग हुने निर्णय गरेको बताएकी छिन् ।

षाले आफ्नो आधिकारिक फेसबूकमा एक स्टाटस लेख्दै भनेकी छिन्, ‘यदि तपाईं बिहेको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन आधार छैन, अब म ‘नो’ भन्छु ।’

उनले अब सन्तानको अधिकारका लागि लड्ने पनि बताएकी छिन् । जिपी र उषाले प्रेमविवाह गरेका थिए । झण्डै १७ वर्ष साथै बसेपछि यी दुईले छुट्टिने निर्णय गरेका हुन् । साथै उषाले एक अन्तर्वार्ताका २ क्लिप पनि सार्वजनिक गरेकी छिन् । उक्त क्लिपमा उषा बोल्दाबोल्दै भक्कानिन्छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७