डान्सिङ स्टारमा ऋषि धमलादेखि ज्योति मगरसम्म


३ चैत्र २०७६, सोमबार
jyoti magar 960x640 1

काठमाडौं, ३ चैत । पत्रकार ऋषि धमला, नेपाल आइडल विजेता बुद्ध लामा, गायिका ज्योति मगरदेखि, अभिनेता अनुपविक्रम शाहीसम्म अब आपसी नृत्य प्रतियोगितामा उत्रने भएका छन् ।

बीबीसी स्टुडियोमो फम्र्याटमा आधारित रहेको विश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ विथ स्टार’को नेपाली संस्करण ‘डान्सिङ विथ स्टार नेपाल’ मा यी सेलिब्रेटीको नृत्य हेर्न पाइनेछ ।
आइतबार राजधानीमा एक समारोहबीच यो कार्यक्रमको घोषणा गरिएको छ । यो प्रतियोगिताको निर्णायकमा गौरी मल्ल, निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राईलाई पनि कार्यक्रममा सार्वजनिक गरियो ।

बाँकी एक निर्णायक चाँडै सार्वजनिक गरिने आयोजक पक्षले जनाएको छ । कार्यक्रमलाई हिमालय टेलिभिजनले उत्पादन तथा प्रशारण गर्नेछ । बैशाखको पहिलो साताबाट कार्यक्रम प्रशारण हुने आयोजकले जनाएको छ ।

बेलायत, अमेरिका, अष्ट्रेलियासहित डान्सिङ विथ स्टारको संस्करण विश्वका ६० बढी मुलुकमा प्रशारण भइरहेको छ । भारतमा यो रियालिटी सो ‘झलक दिखलाजा’ को नाममा प्रशारण हुँदै आइरहेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७