सबैभन्दा बढी रेमिट्यान्स कतारबाट, सबैभन्दा कम अष्ट्रेलियाबाट


३ चैत्र २०७६, सोमबार
money
फाइल फोटो

काठमाडौं, ३ चैत । चालु आर्थिक बर्षमा सबैभन्दा बढी विप्रेषण (रेमिट्यान्स) कतारबाट भित्रिएको छ ।

खाडी मुलुक कतारमा कार्यरत नेपाली कामदारले चालु आवको पहिलो चार महिनामा अन्य मुलुकको तुलनमा बढी रकम पठाएका हुन ।

नेपाल राष्ट्र बैंकले चालु आवको कात्तिक महिनासम्म नेपाली कामदार कार्यरत १३ मुलुकले पठाएको रेमिट्यान्सको तथ्यांक सार्वजनिक गरेको छ ।

उक्त अवधिमा सबैभन्दा बढी विप्रेषण कताबाट ५३ अर्ब ९३ करोड रुपैंयाँ भित्रिएको छ । सबैभन्दा कम अष्ट्रेलियाबाट एक अर्ब ३४ करोड रुपैंयाँ आएको छ ।

तथ्यांकअनुसार चालु आवको चार महिनामा विश्वभरबाट करिब तीनसय चार अर्ब ९७ करोड रुपैंयाँ भित्रिएको छ । नागरिक दैनिकबाट

daam

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७