भण्डारी दम्पती हत्या प्रकरण : १७ दिनपछि छोरा पक्राउ, मोवाइलको हेडफोनले खुल्यो ‘कर्तुत’


३ चैत्र २०७६, सोमबार
Hatya 1

कञ्चनपुर, ३ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको भण्डारी दम्पती हत्या प्रकरणमा १७ दिनपछि आफ्नै छोरा पक्राउ परेका छन् ।

गएको फागुन १५ गते घरभित्रै जयलाल भण्डारी र उनकी श्रीमती धना मृत्त अवस्थामा भेटिएका थिए । जयलालले जेठी श्रीमतीको मृत्युपछि धनासँग दोस्रो विवाह गरेका थिए ।

अनुसन्धानमा क्रममा जेठी श्रीमतीका छोरा २६ वर्षीय भरत भण्डारीको संग्लनता देखिएको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले जानकारी दिएका छन् । उनका अनुसार भरत डडेल्धुराको जोेगेनामा बस्दै आएका थिए ।

उनी ३ वर्ष वैदेशिक रोजगारीमा बसेर नेपाल फर्किएका थिए । एसपी मरासिनी भन्छन्, ‘घटनास्थलबाट हामीले मोबाइलको हेडफोन बरामद गरेका थियौं । अनुसन्धान गर्दै जाँदा भरतले प्रयोग गर्ने मोबाइल र बरामद भएको हेडफोन एउटै कम्पनीको देखियो । उनी शुरुदेखि नै हाम्रो निगरानीमा थिए । पक्राउपछि उनले हत्या आफूले गरेको साविती बयान दिएका छन् । हत्या पारिवारिक कारणले भएको देखिन्छ ।’

हत्यापछि उनी भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी दाबी छ । जयललालले जेठी श्रीमतीको स्तन क्यान्सरबाट मृत्यु भएपछि दुई वर्षअघि धनासँग विवाह गरेका थिए । बाबु–आमाको हत्यापछि सात महिनाकी छोरी पनि घटनास्थलमा बेहोस अवस्थामा फेला परेकी थिइन् । बेहोस अवस्थामा भेटिएकी छोरीको धनगढीको माया मेट्रो अस्पतालमा उपचार जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७