दुई थान बन्दुकसहित एक पक्राउ


३ चैत्र २०७६, सोमबार
pestol

रौतहट, ३ चैत । रौतहटमा सशस्त्र प्रहरीले दुई थान बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

सोमबार बिहान पौने १० बजे रौटहट यमुनामाई गाउँपालिका–३ राजपुर तुलसीबाट सशस्त्र प्रहरीले ४९ वर्षीय शेष बैतुल्लालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर रायमाझीको कमाण्डमा खटिएको टोलीले उनलाई चेक गर्दा उनीबाट दुई थान बन्दुक भेटिएको सशस्त्र प्रहरी बल नेपाली ११ गण हे क्वा रौटहटका गणपति सशस्त्र एसपी रविनराज कर्णजीतले जानकारी दिएका छन् ।

उनीबाट प्रहरीले चाइनिज पेस्तोल एक थान, म्यागजिन एक थान, ७.६५ मि.मि. बाल राउण्ड दुई गोटा, कटुवा पेस्तोल एक नाल समेत बरामद गरेको छ ।

उनीबाट मोबाइल दुई थान, तीन हजार ४८० नेपाली नगद, २१ भारतीय रुपैयाँ, एक साउदी रियाल, नेपाली नागरिकता, सवार अनुमति पत्र र ब्लूबुक उनको साथबाट पाइएको एसपी कर्णजीतले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७