विरामीको मृत्युपछि १६ डाक्टरमाथि कुटपिट, एक डाक्टर गम्भीर


३ चैत्र २०७६, सोमबार
bhairahawa medikal

काठमाडौँ, ३ चैत : भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचारार्थ बिरामीको मृत्युपछि आफन्तहरूले डाक्टरमाथि कुटपिट गरेका छ ।

सोमबार हस्पिटलमा उपचार गराइरोकेकी यमकुमारी बुढामगरको ८१० बजे मृत्युपछि आक्रोशित बनेका आफन्तले डाक्टरमाथि नै आक्रमण गरेका हुन् । टाउकोमा रगत जमेको कारण आइसियुमा उपचार गराइरहेकी ५० वर्षी बुढामगर आइसियुमै मृत्यु भएको थियो ।

बुढामगरेको मृत्युपछि आक्रोशित बनेका आफन्तले अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै उपचारमा संलग्न डाक्टरलाई सोही कक्षमा प्रवेश गरेर कुटपिट गरेका थिए । उनलाई कुटपिट गरिसकेपछि बाहिर आएर अस्पतालका अन्य डाक्टरमाथि आक्रमण गरेका थिए ।

कुटपिटबाट उपचारमा संलग्न डाक्टरलाई बढी असर परेको छ । अहिले उनको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ । अन्य डाकटरहरुको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७