नबिल इन्भेष्टमेन्टले परामर्श सेवा उपलब्ध गराउने


३ चैत्र २०७६, सोमबार
nabil investment lZlHn01Buy

काठमाडौं ३ चैत । नबिल  इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले देशमा छरिएर रहेका उद्योगी, व्यावसायी संघ संस्था तथा व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यवसाय बढाउन तथा व्यवसायिक उद्देश्यमा सहयोग गर्ने उद्देश्यले अनुसन्धान तथा विश्लेषणमा आधारित संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ ।


यस सेवाअन्तर्गत आफ्नो उद्योग व्यवसाय संचालन गरिरहेका उद्योगीहरू तथा नयाँ व्यवसाय संचालन गर्न चाहने व्यवसायीहरूको लागि विभिन्न सेवाहरु उपलब्ध गराईने जनाएको छ ।


जसमाः वित्तीय सर्वेक्षण, बजार सर्वेक्षण, सम्भाव्यता अध्ययन, व्यापारिक योजना र विकास, व्यापार रणनीति विकास, व्यवसाय मूल्यांङ्कन, शेयररइक्विटी मूल्यांङ्कन, आम्दानी योजना, खर्च योजना, पुँजीगत बजेट, पुँजी पुनर्संरचना रहेका छन् ।


यसका साथै देशभरी छरिएका लगानी गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुलाई नबिल इन्भेष्टले साना तथा मध्यम वर्ग तथा स्टार्ट९अपमा लगानी गर्न चाहेमा परामर्श सेवा समेत उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७