पाँच जनाको खुकुरी प्रहारबाट फुटबल खेलाडीको हत्या


४ चैत्र २०७६, मंगलवार
hira photo 20200316112105

दाङ, ४ चैत । खुकुरी प्रहारबाट गाउँपालिका अध्यक्षका छोराको हत्या भएको छ । सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीका छोराको खुकुरी प्रहार गरी सोमबार हत्या गरिएको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ निवासी २३ वर्षीय हिरा डाँगीमाथि तुलसीपुर ६ रजौरामा सोमबार बिहान १ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।

तुलसीपुरका अमृत खडकालगायत पाँच जना युवाको समूहले डाँगीमाथि सामान्य विवादमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरिहरनाथ योगीले जानकारी दिए ।

घाइते डाँगीको तुलसीपुरमा प्रारम्भिक उपचारपछि राती नै थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको थियो । नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत उनलाई उपचारका लागि काठमाडौ पुर्‍याइएको थियो । काठमाडौंमा उपचारका क्रममै मुत्यु भएको डीएसपी योगीले बताए ।

फुटबल खेलाडी तथा नेविसंघका नेता समेत रहेका डाँगी किन राति त्यहाँ पुगेका थिए र किन उनीमाथि खुकुरी प्रहार भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । खुकुरी प्रहार गर्ने युवाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७