काभ्रे पनौतीमा अनिश्चितकालीन कर्फ्यु जारी


४ चैत्र २०७६, मंगलवार
panauti 1 scaled

काभ्रेपलाञ्चोक, ४ चैत । काभ्रेमा टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु भएको विषयलाई लिएर आगजनी र तोडफोड थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले मंगलबार बिहान नौ बजेदेखि लागू हुने गरी पनौती नगरपालिकाको चारकिल्ला तोकेर कर्फ्युु आदेश जारी गरिएको जानकारी दिए ।

प्रजिअ तिमिल्सिनाले पनौतीको पूर्व शंख जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म कर्फ्यु आदेश जारी भएको हो । त्यसैगरी बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको छ ।

कर्फ्युपछि अवस्था सामान्य रहेको र समस्या समाधानका लागि प्रशासनले प्रयास गरिरहेको प्रजिअ तिमिल्सिनाले जानकारी दिए । टिपरको ठक्करबाट बाटो हिंडिरहेकी ३ बर्षकी बालिका र ३३ बर्षकी आमा (आमा–छोरी) को मृत्यु भएपछि स्थानीयले प्रदर्शन गर्नुका साथै तोडफोड र आगजनी गरेका थिए ।

उक्त क्रम मंगलबार पनि नरोकिएपछि प्रशासनले स्थितिलाई नियनत्रणमा लिन कर्फ्यु आदेश जारी गर्नुपरेको जनाएको छ । स्थानीय प्रशासनले प्रदर्शनकारीले गोली समेत चलाएको बताएको छ ।
सोमबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३ प्रहरी र चार प्रदर्शनकारी घाइते हुनुका साथै आक्रोशित स्थानीयले प्रहरी बिटमा आगजनी समेत गरेका थिए ।

प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइसकेको छ । पनौती बसपार्कमा सोमबार बा ५ ख ५४८० नम्बरको टिपरले खानीखोला गाउँपालिका– १ की ३३ बर्षीय जूनिमाया गोले र उनकी ३ बर्षीया छोरी स्मारिकालाई ठक्कर दिँदा निधन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७