पोर्चुगलमा रहेका एक नेपालीमा कोरोना, प्रवासमा कोरोना संक्रमित नेपाली चार पुगे


४ चैत्र २०७६, मंगलवार
korona 1 1

काठमाडौं, ४ चैत । पोर्चुगलमा कार्यरत एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पाइएको छ ।

पोर्चुगलको फारो नगरपालिकाको कृषि क्षेत्रमा काम गर्ने नेपालीमा कोरोना संक्रमण पाइएको टाइम २४ डट न्युज अनलाइन संस्करणले जनाएको छ । फारो नगरपालिकाका मेयर रोगेरियो बाकल्हउले शुरुमा नेपालीमा देखिएको संक्रमण त्यहाँका अन्य मानिसमा पनि फैलिएको जनाएका छन् ।

पोर्चुगल सरकारले कोरोना संक्रमित ती नेपालीको पहिचान भने गोप्य राखेको छ । त्यस्तै, बिरामीसँगको सम्पर्कमा पुगेका व्यक्तिबारे पनि केही जानकारी दिइएको छैन ।

प्रवासमा रहेका नेपालीमा कोरोना भेटिएको यो तेस्रो घटना हो । यसअघि अस्ट्रेलियामा रहेका एक र यूएईमा रहेका दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले यी तीनै जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७