कोरोनाका कारण ६ हजार ६ सय बढीको मृत्यु, कहाँ कति संक्रमित र मृत्यु ? (तथ्याङ्कसहित)

इटालीको अवस्था गम्भिर, फ्रान्सद्वारा कोरोना भाइरस सहायता स्वरुप ४५ अर्ब युरो घोषणा


४ चैत्र २०७६, मंगलवार
korona 11

बेइजिङ, ४ चैत । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रम १५२ भन्दाबढी देशमा पुगेका छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभरी एक लाख ६७ हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यो संख्या अघिल्लो दिनको तुलना १३ हजार ९०३ बढी भएको अधिकारीले जानकारी दिएका छन् । त्यसैगरी मृत्यु हुनेको संख्या पनि अघिल्लो दिन भन्दा ८६२ ले बढेको विश्वव्यापी विवरणमा उल्लेख गरिएको छ ।

योसँगै विश्वभरी कोरोनाका कारण मृत्यु हुनेको संख्या छ हजार ६०६ पुगेको छ ।
कूल मृत्यु भएको र सङ्क्रमितको तथ्याङ्क हेर्दा चीनपछि कोरोनाको केन्द्र युरोप क्षेत्र भएको छ । यूरोपेली देशमध्ये सबैभन्दा बढी इटली, स्पेन, फ्रान्स, जर्मनी, स्विजरल्याण्डलगायका देश प्रभावित भएका छन् ।

कोरोना सङ्क्रमित संख्या दिन प्रतिदिन बढ्दो
कोरोना भइरसबाट सङ्क्रमित र मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
सबैभन्दा धेरै मृत्यु र सङ्क्रमित हुनेको संख्या इटलीमा रहेको छ । इटलीमा मङ्गलबार २७ हजार ९८० बिरामी भएकोमा दुई हजार १५८ जनाको मृत्यु भएको छ ।

बिरामीमध्ये दुई हजार ७४९ जनालाई निको भएका छन् भने २३ हजार ६३ जना बिरामी अवस्थामै रहेका छन् । बिरामीमध्ये एक हजार ८५१ जना गम्भीर अवस्थामा रहेका छन् ।

अमेरिकामा सोमबार रातिसम्म बिरामीको संख्या चार ८०० सय पुगेको छ । पछिल्लो २४ घण्टामा झण्डै एक हजार बिरामी थपिएका छन् । मृत्यु हुनेको संख्या भने ८५ रहेको छ । तीमध्ये आधाभन्दा बढी वासिङ्टनका रहेका छन् भने न्यूयोर्कमा १० क्यालीफोर्नियामा सात जनाको मृत्यु भएको छ ।

भारतमा मङ्गलबारसम्म १२५ जना सङ्क्रमित भएका छन् । तीमध्ये १०३ जना भारतीय नागरिक नै छन् भने २२ जना विदेशी रहेका छन् । भारतमा कोरानाका कारण अहिलेसम्म दुई जनाको मृत्युभएको छ भने १३ जना उपचारपछि घर फर्किएका छन् ।

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ८४ जना बिरामी थपिएका छन् । योसँगै कूल सङ्क्रमितको संख्या आठ हजार ३२० पुगेको छ ।
त्यसैगरी थप छ जनाको मृत्यु भएसँगै कोरियामा कूल मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको अधिकारीले जनाएकाछन् । बिरामी र सङ्क्रमित भएकामध्ये २६४ जना सन्चो भएर घर फर्किएका छन् ।

फ्रान्समा छ हजार ६३३ जना सङ्क्रमित भएका छन् भने कूल १४८ जनाको मृत्युभएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १२ जनालाई निको भइसकेको छ । बिरामी नै अवस्थामा रहेका छ हजार ४७३ जनामध्ये ४०० जना गम्भीर अवस्थामा रहेका छन् ।

अष्ट्रेलियामा कूल बिरामीको संख्या ४४० पुगेको छ । तीमध्ये ३९ जना पछिल्लो २४ घण्टामा थपिएका छन् भने अहिलेसम्म कूल पाँच जनाको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । अष्ट्रेलियाबाट उडान हुने अन्तर्राष्ट्रिय हवाई सेवामध्ये ९० प्रतिशत उडान स्थागित भएका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रिमत संख्या २३४ पुगेको छ । तीमध्ये ३४ जना पछिल्लो २४ घण्टामा थपिएका छन् । इजिप्टमा भने पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको थप ४० जना गरी कूल सङ्क्रमितको संख्या १६६ पुगेको छ । मृत्यु हुनेको संख्या चार पुगेको छ ।

इजरायलमा स्वास्थ्य परीक्षण गरिएकामध्ये पछिल्लो समयमा थप ८५ जनामा कोरोना भाइरस रहेको पुष्टि भएको छ, योसँगै कूल सङ्क्रिमतको संख्या २९८ पुगेको छ ।

इराकमा थप एक जनाको मृत्यु भएको छ भने छ जना थप सङ्क्रमित भेटिएका छन् । योसँगै कूल मृत्यु हुनेको संख्या १० र सङ्क्रमित हुनेको संख्या १३३ पुगेको छ । त्यसैगरी इरानमा १४ हजार ९९१, स्पेनमा नौ हजार ९४२, जर्मिनीमा सात हजार २६२, नेदरल्याण्डमा एक हजार ४१३ जना सङ्क्रमित भएको विवरण विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको जनाइको छ ।

korona 1 2

जापानमा कोभिड –१९ बाट ८२१ सङ्क्रमण भएको मङ्गबार जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले मङ्गलबार जानकारी दिएको छ ।

स्थानीय समयानुसार मङ्गलबार बिहान १०ः३० सम्म ८२१ जनामा सङ्क्रमण देखिएका छ । जापानमा कोरोना भाइरसको सङ्क्रमणको कारण हाल सम्म ३५ व्यक्तिको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुमा टोकियो नजिकको योकोहामामा भाइरसबाट प्रभावित डायमण्ड प्रिन्सेस् क्रुज जहाजमा रहेका व्यक्तिहरुमा पनि समावेश छन् ।

फ्रान्सद्वारा कोरोना भाइरस सहायता स्वरुप ४५ अर्ब युरो घोषणा
फ्रान्सका अर्थमन्त्री ब्रोनो ला माइरेले मङ्गलबार कोरोना भाइरसको कारण व्यापारमा भएको घाटाको सहायता स्वरुप ४५ अर्ब युरो (४० अर्ब अमेरिकी डलर) सहायता प्याकेज घोषणा गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमणका कारण देशमा आएको विषम् आर्थिक परिस्थितिको सामना गर्नको लागि उक्त प्याकेजको घोषणा गरिएको बताइएको छ ।

यसबाट व्यापारिक सहायताका साथै सन् २०२० मा कुल घरेलु उत्पादन (जीडीपी) मा गरिएको करिब एक प्रतिशतको गिरावटको पूर्वानुमानका लागि र कर्मचारीलाई तलब स्वरुप सो रकम खर्च गरिने माइरेले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७