विदेशमा रहेका ११ नेपालीमा कोरोना संक्रमण


४ चैत्र २०७६, मंगलवार
korana 1

काठमाडौं, ४ चैत । चीनबाट सुरु भएको कोरोनाभाइरस (कोभिड१९ )विश्वका विभिन्न मुलुक पुगेका ११ नेपाली नागरिकमा कोरोना संक्रमण भएको भएको छ।

विश्वका विभिन्न मुलुक पुगेका ११ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ। योसँगै कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ।

कोरोना संक्रमित हुनेमा रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका ६ जना, कतारमा २ जना, युएईमा २ जना, अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका १ जना र चीनको वुहानबाट नेपाल फर्किएका १ जना गरी १२ जना छन्। उनीहरु सबैको परिचय गोप्य राखिएको छ।

यस्तै, कतारमा दुई हजार र पोर्चुगलमा ६९ नेपाली क्वारेन्टाइनमा राखिएको स्थानीय समाचार संस्थाहरुले जनाएका छन्।

चीनबाट सुरु भएको कोरोनाभाइरस (कोभिड१९ ) हाल १ सय ६२ देशमा फैलिसकेको छ ।विश्वमा हालसम्म १ लाख ८३ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ७ हजार १ सय १७ जनाको मृत्यु भइसकेको छ ।

चीनमा ८० हजार ८ सय ८१ जनामा कोरोनाभाइरस पुष्ट्रि भएको छ । भने ३ हजार २ सय २६ जनाको मृत्यु भइसकेको छ । चीनपछि बढि प्रभाबित मुलुक इटलीमा २७ हजार ९ सय ८० जनामा पुष्ट्रि भइसकेको छ । भने २ हजार १ सय ५८ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी इरानमा १४ हजार ९ सय ९१ जनामा पुष्ट्रि भएको छ । भने ८ सय ५३ जनाको मृत्यु भइसकेको छ । कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागी सबै देशले विभिन्न उपाय अपनाए पनि मृत्यु हुनेको संख्या बढ्दो छ ।

लक्षणहरू
१००.४ फरेनाइट भन्दा माथि ज्वरो आउनु,

ज्वरो आउने

श्वासप्रश्वासमा समस्या देखिने

रुघाखोकी लाग्ने

घाँटीरटाउको दुख्ने

कसरी जोगिने ?

रुघाखोकी लागेको तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ ।
 नियमित रूपमा साबुनपानीले हात धुने

 खोक्दा, हाच्छ्युँ गर्दा नाक मुख छोप्ने

संक्रमित व्यक्तिबाट टाढा बस्ने

 मास्क लगाएर हिँडडुल गर्ने

पशुजन्य मासु तथा अन्डा राम्रोसँग पकाएर खाने

·जंगली र घरपालुवा पशुपन्छीको असुरक्षित सम्पर्कबाट टाढा राख्ने

worldometers को तथ्यांकमा आधारीत 

कोरोना रोकथामको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७