दक्षिण कोरियामा ६० विदेशी कोरोना संक्रमित, के छ नेपालीको अवस्था ?


५ चैत्र २०७६, बुधबार
korona 12

काठमाडाैं, ५ चैत । दक्षिण कोरियामा कोभिड– १९ बाट सङ्क्रमित विदेशीको संख्या ६० नाघेको छ । कोरिया सरकारले सार्वजनिक गरेको तथ्याङ्कानुसार कोरियामा बस्ने चिनियाँ सबै भन्दा धेरै (३८) सङ्क्रमित छन् । दोस्रामा अमेरिकी (सात) छन् ।

त्यस्तै भियतनामी, मङ्गोलियाली, थाइल्याण्डवासी, अष्ट्रेलियाली र अर्जेन्टिनी दुई–दुई जना सङ्क्रमित छन् । यसैगरी जापानी, इण्डोनेशियाली, मलेसियाली, उज्वेकिस्तानी र पोल्याण्डवासी एकएक सङ्क्रमित रहेको तथ्याङ्क कोरियाली सरकारले सार्वजनिक गरेको छ ।

हालसम्म कोरियामा रहेका कुनै पनि नेपालीलाई कोभिड–१९ को सङ्क्रमण नभएको दक्षिण कोरियास्थित नेपाली राजदूतावासका श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए । कोरियामा कोभिड–१९ को सङ्क्रमणबाट ७५ जनाको ज्यान गइसकेको छ भने हालसम्म सङ्क्रमित हुनेको संख्या आठ हजार १६२ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७