बेपत्ता पारिएका व्यक्तिको सूची सार्वजनिक, कुन जिल्लाको कति बेपत्ता(सुचीसहित)


५ चैत्र २०७६, बुधबार
bepata

काठमाडौं, ४ चैत । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका २५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ ।

द्वन्द्वकालीन मुद्दालाई किनारा लगाउनका लागि गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले मंगलबार बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो ।

सशस्त्र संघर्षमा बिराम लागेको १३ वर्षपछि आयोगले २०५२ सालपछि १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारेका व्यक्तिहरूको सूची सार्वजनिक गरेका जानकारी दिए ।
राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनाबारे उजुरी परेको आधारमा वेपत्ताहरुको नाम सार्वजनिक गरिएको हो ।

वेपत्ताहरुको नाम सार्वजनिक गरेसँगै आयोगले उजुरीमाथि छानविन र वयानको काम गर्नेछ । त्यसक्रममा परिपुरण तथा एण्टीमोटम फाराम भराउने काम अघि बढाउने आयोगको तयारी छ ।
आयोगले बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन पनि सबैमा अनुरोध गरेको छ ।

वेपत्ता लिष्टमा सवैभन्दा बढि बर्दिया
आयोगले सार्वजनिक गरेको वेपत्ता लिष्टमा सवैभन्दा बढि बर्दियाका छन् । उक्त जिल्लाबाट २ सय ५४ जना वेपत्ताको उजुरीमा छन् । मनाङ र मुस्ताङबाट भने उजुरी नपरेको आयोगले जनाएको छ ।


बेपत्ता पारिएका व्यक्तिबारे दर्ता भएका उजुरीका आधारमा नाम सार्वजनिक गरिएको आयोगले जनाएको छ । आयोगको अघिल्लो नेतृत्वले नै बेपत्ता पारिएका व्यक्तिबारे उजुरी आह्वान गरेको थियो ।
आयोगका अनुसार, राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनाबारे उजुरी परेको छ । यीमध्ये बर्दियाबाट सबैभन्दा धेरै २ सय ५४ जनाले आफन्तको खोजखबर गरिदिन माग गर्दै आयोगमा निवेदन दिएका छन् । सशस्त्र द्वन्द्वको उद्गमस्थल मानिने रोल्पा र रुकुमपछिको प्रभावित जिल्ला बर्दियालाई मानिन्छ ।

रोल्पाबाट बेपत्ता पारिएका ९७ जनाबारे खोजी गरिदिन निवेदन परेको आयोगले जनाएको । द्वन्द्वको उद्गमस्थल रुकुमबाट भने ४५ जना मात्रै बेपत्ता भएको भन्दै उजुरी परेको छ ।

बर्दियापछि दाङबाट सबैभन्दा धेरै उजुरी परेको छ । आयोगका अनुसार, दाङबाट १ सय २८ बेपत्ताको सूचीमा छन् ।

त्यस्तै, कञ्चनपुरबाट ७७, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट समान ४०र४० जना बेपत्ता भएको उजुरी परेको छ । काठमाडौंबाट ३२ र कालीकोटबाट २४ जना बेपत्ताको सूचीमा छन् ।

बेपत्ता पारिएका व्यक्तिको बारेमा जानकारी दिन आयोगको अनुरोध
सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठन गरिएको आयोगले सो व्यक्तिहरुकोबारेमा कुनै जानकारी भए ललितपुरको पुल्चोकमा रहेको आयोगको कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ ।

बेपत्ता भएको भन्दै आयोगमा उजुरी दिनेको नाम भने उसले गोप्य राखेको जनाएको छ ।


त्यसका लागि आयोगको टोल फ्री नम्बर १६६०–०१–२२१११ मा सम्पर्क गरेर या सीधैं पुल्चोकस्थित कर्मचारी सञ्चयकोषको भवनमा रहेको कार्यालयमा गएर सूचना दिने व्यवस्था आयोगले मिलाएको छ । आयोगका सूचना अधिकारी घिमिरेका अनुसार, प्रमाण उपलब्ध गराउने समय तोकिएको छैन । आफ्नो अनुकूल समयमा त्यस्ता प्रमाणहरू पठाउन सकिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७