लोकतान्त्रिक गठबन्धन बनाउने कांग्रेसको निर्णय, छलफल थाल्यो


१८ आश्विन २०७४, बुधबार

काठमाडौं: नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि लोकतान्त्रिक गठवन्धन बनाउने निर्णय गरेको छ । एमाले, माओवादी र नयाँ शक्तिले चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरे लगतै कांग्रेसले पनि लोकतान्त्रिक गठवन्धन बनाउने निर्णय गरेको हो ।Nepali congress

बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेताहरुले अब लोकतान्त्रिक गठवन्धन बनाउनेको विकल्प नभएको धारणा राखेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर लैजान ध्रविकरण नहोस् भन्ने थियो’ कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘तर, अब लोकतान्त्रिक गठवन्धन अपरिहार्य भएको छ ।’

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले बृहत् लोकतान्त्रिक गठबन्धन निर्माणका लागि राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा (प्रजातान्त्रिक)लगायत दलहरुसँग अपरान्ह ४ बजे छलफल गर्ने भएका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७