कोरोना नियन्त्रणका लागि सरकारले गर्‍यो यस्ता १५ निर्णय (निर्णयसहित)

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह


५ चैत्र २०७६, बुधबार
disision

काठमाडौं, ५ चैत । सरकारले विश्वभर तीब्ररुपमा फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण नेपालमा फैलिन नदिन विभिन्न १५ बुँदे निर्णय गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले विभिन्न १५ वटा निर्णय गर्दै अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । सरकारले मानिसहरुको बढी जमघट हुने क्षेत्रहरुमा रोक लगाउने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ ।

‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने’ निर्णय गरेको हो । यसको अनुगमन गृह मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना मन्त्रालयले गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै सरकारले अत्यावश्यक काम बाहेक घरबाहिर आवतजावत र हिँडडुल नगर्न आग्रह गरेको छ । त्यस्तै सरकारले सामाजिक तथा सांस्कृतिक र अन्य तयस्तै कार्यहरुमा २५ जना भन्दा बढी मानिसलाई भेला नगर्न आग्रह गरेको छ । सरकारले गरेका निर्णयको पालना भए नभएकोबारे प्रदेश र स्थानीय तहले अनुगमन गर्ने बताइएको छ ।

त्यस्तै सार्वजनिक यातायातलाई सिट क्षमता भन्दा बढी यात्रु नराख्न आग्रह गरेको छ । त्यस्तै यात्रुहरुलाई पनि बढी भिडभाड गरी यात्रा नगर्न समेत आग्रह गरेको छ ।
हेर्नुस् सरकारको निर्णयहरु

1 5
2 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७