मास्क लगाएर नेकपा सचिवालय बैठक, कुनै राजनीतिक निर्णय भएन

बधाई, धन्यवाद, समर्थन र प्रशंसाको निर्णय


५ चैत्र २०७६, बुधबार
CPN Meeting

काठमाडौं, ५ चैत :  प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो सफल मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक बुधबार नेकपाको सचिवालय बैठक बसेको छ। तर, बैठकले कुनै राजनीति निर्णय भने गरेन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरु मास्क लगाएर बसेका थिए भने सोसल डिस्ट्यान्स (दूरी) को नियममा बसे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सफल प्रतयारोपणको लागि सम्मानीय प्रधानमन्त्रीलाई बधाई, चिकित्सकहरू र मृगौलादातालाई धन्यवाद दिएको छ ।

यसैगरी कोरोनाको संक्रमणलाई मध्यनजर गरी एसईई परीक्षासमेत रोक्नेलगायत उपप्रधानमन्त्री तथा रक्षामन्त्री नेतृत्वको उच्चस्तरीय समितिको निर्णयअनुरूपका निर्णयहरूप्रति बैठकले प्रशंसा गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७