एनआईसी एशिया बैंकद्वारा खातावालालाई उपचार वापत १५ लाख रूपैयाँ बिमा रकम भुक्तानी


५ चैत्र २०७६, बुधबार

काठमाडौं,५ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बिमाअन्तर्गत १५ लाख प्रदान गरेको छ ।


बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले ४ का दिन उक्त रकम बराबरको चेक अग्रवाललाई हस्तान्तरण गरे । महेश अग्रवालले बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत उक्त रकम प्राप्त गरेका हुन् ।


आफ्नो ओपन हर्ट सर्जरी भएपश्चात सो खाताभित्र घातक रोगहरूको बिमा सुविधाअन्तर्गत खातावालाले बिमा रकम दावी गरेका थिए । यसैगरी बैंकको बिमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकहरूले बीमा वापतको ८७ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७