२०७८को राष्ट्रिय जनगणनामा राई विद्यार्थीले जातिको महलमा राई, धर्ममा किरात लेखाउन पहल गर्ने


४ चैत्र २०७६, मंगलवार
kirat rai student

सुनसरी, ४ चैत्र । किरात राई विद्यार्थी संघले राष्ट्रिय जनगणना २०७८ मा जातिको महलमा राई, धर्ममा किरात लेखाउन पहल गर्ने घोषणा गरेको छ ।

संघको धरानमा बसेको केन्द्रीय समितिको पहिलो बैठक तथा दोस्रो केन्द्रीय परिषदको पूर्ण बैठक पश्चात १८ बुँदे विजयपुरगढी घोषणा पत्र जारी गर्दे जातिको महलमा राई, धर्ममा किरात र मातृभाषामा आ–आफ्नो भाषा लेखाउन पहल गर्ने घोषणा गरेका हुन् ।

यस्तै संघले मातृभाषा विषयमा शिक्षक कोटा निर्धारण गर्न राई विधार्थीको माग गरेको छ । विद्यालयको स्थानीय पाठयक्रममा मातृभाषा विषय समावेश गर्न समेत माग गरेको छ । संघको केन्द्रीय अध्यक्ष जीतेन राईद्धारा हस्तारित १८ बुँदे विजयपुरगढी घोषणापत्रमा बहुभाषिक विश्वविद्यालयको स्थापना गर्न, त्रि–भाषिक शिक्षा नीति पूर्णरुपमा कार्यन्वयन गर्न समेत माग गरेको छ ।
राई विद्यार्थीको केन्द्रीय बैठक धरानस्थित किरात राई यायोक्खाको कार्यलय यलम्बर स्मृति संग्रालयमा फागुन ३० गतेदेखि शुरु भएको बैठक चैत्र २ गतेसम्म चलेको थियो ।

बैठकको पहिलो दिन किरात राई यायोक्खा (किराया)का केन्द्रीय उपाध्यक्ष तिलक राईको प्रमुख आतिथ्यता, पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन जम्नेली, विर्सिका राई, किराया सुनसरी सचिव राजेन्द्र राई, पत्रकार जनकक्रृषि राई, किरात राई सांस्कृति कलाकार संघ रामकर राईलाई लगायतको उपस्थितीमा विभिन्न सांस्कृतिक कार्यक्रमका सहित पहिलो दिन भव्यता साथ कार्यक्रम गरिएको थियो ।

बैठकलाई उद्घाटन गर्दै उपाध्यक्ष राईले १ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्नको लागि आन्दोलनको आँधिबेहेरी सिर्जना गर्नुपर्ने बताएका थिए । किरात कुनै जातिको नभएर इतिहास, भूगोल र सभ्यता भएकोले सबैलाई सर्वस्वीकार्य हुने उनको भनाई थियो ।

कार्यक्रमको विषेश अतिथि किराया केन्द्रीय सचिव तथा संघको पूर्व अध्यक्ष अर्जुन जम्नेली राईले प्रदेशको नामकरणको लागि संघ शसक्त ढंगले लाग्नु पर्ने बताए । किराया केन्द्रीय प्रचार विभाग प्रमुख समेत रहेका जम्नेलीले नेपाली राजनीतिक सामाजिक परिवर्तनमा राई समूदायको कुनै कमि नभएको उल्लेख गर्दै संघले समानुपातिरसमावेशी राज्य व्यवस्था कायम निरन्तर लाग्नु पर्ने बताए ।

दोस्रो दिन प्रशिक्षण कार्यक्रम

संघले बैठकको दोस्रो दिन बृहत प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । नेतृत्व विकास सम्बन्धी प्रशिक्षण किरायाका केन्द्रीय सचिव तथा प्रशिक्षक दोर्पध्वज कुलुङ राईले प्रशिक्षण दिएका थिए । प्रशिक्षक दोर्पध्वज कुलुङले नेता को हो ? नेता कस्तो हुनुपर्छ ? नेताले के गर्न हुन्छ ? के गर्न हुँदैन ? नेता कसरी जनतासामू जानुपर्छ ? भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।

यसैगरी मातृभाषामा शिक्षा विषयमा संघका पूर्व केन्द्रीय परिषद सदस्य समेत रहेको लेक्चरल तथा लेखक निराजन राई (बतास)ले प्रशिक्षण दिएका थिए । प्रशिक्षक निराजन राईले मातृभाषामा शिक्षा किन र कसरी दिइने ? शिक्षामा मातृभाषाको महत्वबारे प्रस्ट्याएका थिए ।

संघले सुरुवात गरेको मातृभाषामा शिक्षा अभियान अन्तर्गत नै यसको प्रशिक्षण राखिएको संघका महासचिव रविन राईले जानकारी दिए ।

१८ बुँदे विजयपुर गढी घोषणा पत्र सार्वजनिक गर्दे बैठक सम्पन्न
संघको अन्तिम दिन १८ बुँदे विजयपुरगढी घोषणा पत्र सार्वजनिक गर्दे सम्पन्न भएको छ । किरावि संघले प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषणाको मागदेखि कोरोना भाइरसका कारण जनतामा आतंकित पार्ने कार्य र कोलोबजारी नियन्त्रणसम्मको माग गरेको छ ।

यस्ता छन् १८ बुँदे घोषणा पत्र
१. प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषण गर ।
२. राष्ट्रिय जनगणना २०७८ को लागि जातिको महलमा राई, धर्ममा किरात र मातृभाषामा आ–आफ्नो भाषा लेखाउन पहल गरौं ।
३. बहुभाषिक विश्वविद्यालयको स्थापना गर ।
४. त्रि–भाषिक शिक्षा नीति पूर्णरुपमा कार्यन्वयन गर ।
५. मातृभाषा शिक्षा नीति लागु गर ।
६. मातृभाषा विषयको शिक्षक कोटा निर्धारण गर ।
७. स्थानीय पाठयक्रममा मातृभाषा विषय समावेश गर ।
८. संघका संस्थापक अध्यक्ष नवीन राईको अवस्था तत्काल सार्वजनिक गर ।
९. जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभुति घोषण गर ।
१०. किरातकालिन एतिहासिक गढी, थुम र दरबारहरूको संरक्षण र सर्वद्धनको पहल गरौं
११. संयुक्त राष्ट्र संघिय घोषणा पत्र र आइएलओ १६९ लाई कार्यन्वयन गर ।
१२. किरात श्रृजंगा लिपी प्रयोग गरौं ।
१३. कोरोना भाइरसको जोखिमबाट बचौं ।
१४. कोरोना भाइरसका कारण जनतामा आतंकित पारेर कालोबजारी गर्ने कार्य नियन्त्रण गर ।
१५. शिक्षामा व्यापारीकरण अन्त्य गर ।
१६. संघलाई विवादित बनाई समूदाय विभाजित गर्ने कार्य तत्काल बन्द गर । संघको नाममा स्वघोषित अबैध झुण्डाप्रति सचेत बनौं । कोहि भ्रममा नपरौं ।
१७. सबै तहको सरकारमा हुँदै आएको भ्रष्ट र कमिसन बन्द गर ।
१८. सम्पूर्ण आदिवासी एक होऔं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७