चर्को आवाज निकालेर मोटरसाइकल हुइँक्याउने चालकहरु धमाधम कारवाहीमा


६ चैत्र २०७६, बिहीबार
bike

काठमाडौं, ६ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई धमाधम कारवाही गर्न थालेको छ ।

मोटरसाइकले ध्वनी प्रदूषण हुने गरी सहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरवाहीले चलाउने, जिकज्याक रुपमा चलाउने कार्य कानून विपरित भएको भन्दै कारवाही गरेको महाशाखाले जानकारी दिएको छ ।

महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भीमप्रसाद ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधारणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने भएकाले रोक लगाउन लागिएको बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७