केयूकेएलमा एक जना नियुक्ति गर्न जबरजस्त मापदण्ड तय


६ चैत्र २०७६, बिहीबार
Khanepani limited VadgUO5bU3

काठमाडौं, ६ चैत । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न स्वार्थ बाझिने गरी विद्यमान कानुन र मान्यताविपरीत नीतिगत बदमासी गरेको पाइएको छ ।

प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न कुनै एक व्यक्तिलाई मात्र आकर्षित हुने कार्यविधि बनाएर लिमिटेड सञ्चालक समितिबाटै नीतिगत बदमासी भएको हो ।

हालै संशोधित केयूकेएलको प्रमुख कार्यकारी अधिकृत नियुक्तसम्बन्धी कार्यविधिमा हाल कायम मुकायमका रूपमा रहेका लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलाई मात्र मान्य हुने मापदण्ड तय गरिएको छ ।

तत्कालीन महाप्रबन्धक डा. महेशप्रसाद भट्टराईको कार्यावधि १९ भदौ २०७६ मा सकिएपछि रिक्त पदमा लिमिटेडका १०औं तहका मिलन शाक्यले प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दै आएका छन् ।

९० दिनका लागि नियुक्ति पाएका उनले पुनः कानुनी आधारमा थप ९० दिनको भूमिकामा छन् । तर, उनै शाक्यलाई मात्र मान्य हुने गरी चलखेलका आधारमा कार्यविधि तय भएको पाइएको हो । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७