जनप्रतिनिधिबाटै बन्द आह्वान


६ चैत्र २०७६, बिहीबार
bagmati vdc

काठमाडौं, ६ चैत । बागमती गाउँपालिका–३ का अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले प्रहरीले ज्यादती गरेको भन्दै अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै उनले राजनीतिक आडमा प्रशासनले आफूमाथि दमन गरेको बताए । निर्माणाधीन कान्ति लोकपथमा स्थानीय तहले सञ्चालनमा ल्याएको खानी, क्रसर तथा बालुवा, वासिङ सेन्टरले असर गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा गुनासो आएको थियो ।

कान्तिलोकपथका आयोजना प्रमुखले कान्तिलोकपथका कतिपय ठाउँ भासिने अवस्थामा रहेकाले त्यहाँ सञ्चालित वासिङ तथा खानी बन्द गर्न माग गरेका थिए । जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई उक्त क्षेत्रमा खटाएको थियो । प्रशासन तथा प्रहरीले कानुनसंगत काम नगर्नेलाई नियन्त्रण गर्ने अडान गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख भागीरथ पाण्डेयले भने, ‘अवैध क्रसर, वासिङ सेन्टरले कान्ति लोकपथमा नोक्सान पुर्‍याएको भन्दै काम रोक्न माग गरेपछि प्रहरी पठाएको हो ।’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईले कानुनसंगत काम नगर्नेलाई प्रहरीले रोक लगाउने बताए ।

गैरकानुनी काम गरेको भेटिए कारवाही गर्न सकिने तर कानुनसंगत छन् भने मात्र चल्न दिने उनले जनाए । वडाध्यक्षले भने आरोप लगाउनुको कुनै सत्यता नभएको दाबी गरे । उनले भने, ‘प्रहरीले बन्दुक बोकेको भरमा गोली ठोक्छु भन्यो भन्नु निराधार आरोप हो ।’

राईले यस विषयमा गाउँपालिकाको अध्यक्ष, सांसदहरुसँग बसेर छलफल भएको पनि बताए । उक्त क्षेत्रका माननीय, स्थानीय तहका जनप्रतिनिधि सबैको छलफलमा खानी, क्रसर चल्न नदिने निर्णय भएको थियो । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७