कोरोना भाइरस नदेखिएको देशको संख्या अब १८ वटा मात्र बाँकी

यी हुन् हालसम्म कोरोना भाइरसकाे संक्रमण नदेखिएका १८ देश


६ चैत्र २०७६, बिहीबार
coronavirus affect country name

काठमाडौं, ६ चैत । चीनको वुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण आजसम्म १७७ देशमा फैलिइसकेको छ ।

संयुक्त राष्ट्र संघ सूचीकृत १९५ देशमध्ये आज (बिहीबार) सम्म १७७ देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आजै (बिहीबार) मात्र मध्य अमेरिकी अमेरिकी मुलुक निकारागुआ र एल साल्भाडोरमा पनि पहिलोपल्ट कोरोना भाइरसको संक्रमित बिरामी फेला परेका छन् ।

विश्वमा जम्मा २३० वटा देश छन् । तर, १९५ वटा देश मात्र संयुक्त राष्ट्र संघमा सूचीकृत छन् । संयुक्त राष्ट्र संघमा सूचीकृत १९५ देशमध्ये १७७वटामा कोरोना भाइरसको संक्रमण देखिएपछि अब कोरोनाको संक्रमण हालसम्म पुगिनसकेको देशको संख्या १८ वटा मात्र बाँकी देखिएको छ ।

एल साल्भाडोरमा कोरोना भाइरस सङ्क्रमण भएको पहिलो व्यक्ति भेटिएको राष्ट्रपति नायब बुकेलेले बताएका छन् ।

korona virous

कोरोना भाइरसको सङ्क्रमण देखिएका यी व्यक्ति इटालीको यात्राबाट हालै फर्किएको प्राप्त समाचारमा जनाइएको छ । हाल यी व्यक्ति मतापानको साल्भाडोरन नगरपालिकामा अलग्ग राखिएको (आइसोलेसन) बुकेलेले टेलिभिजनमार्फत बताएका छन् ।

सङ्क्रमणसँग जुध्न एक विशेष अस्पतालको पनि घोषणा गरिएको र नागरिकहरूले घरमै बस्नेलगायत स्वास्थ्य अधिकारीहरूले जारी गरेको सरसफाईको नियम पनि अनुशरण गर्न सुझाव दिइएको राष्ट्रपति बुकेलेले बताएका छ ।

यस्तै मध्य अमेरिकी अमेरिकी मुलुक निकारागुआले बुधबार कोभिड–१९ को सङ्क्रमणको पहिलो घटना पुष्टि भएको उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएका छन् ।

निकारागुआका यी नागरिक भर्खर मात्र छिमेकी मुलुक पनामाको यात्राबाट फर्केका मुरिलोले राष्ट्रिय टेलिभिजनमा बताएका छन् ।

orona virous 3

कोरोना भाइरसबाट सङ्क्रमित ती व्यक्तिलाई ज्वरो र सुख्खा खोकी जस्ता लक्षणहरु देखा परेपछि उनी अस्पताल गएका थिए । अस्पतालमा परीक्षण गर्दा उनीमा कोरोना भाइरस पोजेटिभ देखिएको मुरिलोले बताएका छन् । हाल बिरामीको अवस्था स्थिर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वभरी आठ हजार ९७० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यसैगरी विश्वभरी बिहीबारसम्म दुई लाख १९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन् ।

अब दक्षिण–पूर्वी एशियाका देशमा कोरोना संक्रमणको खतरा
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसले अहिले युरोपियन देशका भिषण महामारीको रुप लिएको जनाएको छ ।

चीनपछि अहिले इटाली सबैभन्दा बढी कोरोना संक्रमणको मारमा रहेको छ । इटालीमा बुधबार मात्रै ४४५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

डब्ल्युएचओले अब कोरोना भाइरसको महाभारी दक्षिण–पूर्वी एशियाका देशहरुमा देखिने भन्दै समयमै क्षति न्युनिकरणका लागि समयमै सचेत हुन चेतावनी दिइसकेको छ । दक्षिण पूर्वी एशियाकै भारत पाकिस्तानमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालिसकेको छ ।

korona virous 1

हालसम्म भारतमा तीन जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ । यस्तै पाकिस्तानमा आज (बिहीबार) कोरोनाबाट दुई जनाको ज्यान गएको छ । यता नेपालमा भने हालसम्म कोरोनाको एक जना संक्रमित देखिएको भए पनि उनी निको भएर घर फर्किसकेको सरकारले जनाएको छ ।

नेपालमा हालसम्म पाँच सय बढीको कोरोनाको नमूना परीक्षण गरिएको भए पनि कसैमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी हुन् हालसम्म कोरोना भाइरसकाे संक्रमण नदेखिएका १८ देश
आज (बिहीबार) सम्म उतर कोरिया, बर्मा, तुर्किमिनिस्तान, मदागास्कर, मोजाम्बिक, जिम्वावे, बोत्साना, एङ्गेला, दक्षिण सुडान, चाड, लिविया, नाइजर, माली, यमन, सिरिया, किर्गिस्तान, पपुवान्यूगिनी र भ्याटिकनसिटीलगायतका देशमा कोरोना संक्रमणका बिरामी फेला परेका छैनन् । यी देशले हालसम्म आफ्नो देशमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएको औपचारिक जानकारी दिएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७