लोकसेवा आयोगको सबै परीक्षा स्थगित


६ चैत्र २०७६, बिहीबार
Loksewa Aayog

काठमाडौं, ६ चैत । लोकसेवा आयोगले चैत महिनामा हुने सबै परीक्षाको कार्यक्रमहरु स्थगित गरेको छ । आयोगको बुधबारै बसेको सुचना प्रकाशित गर्दे २०७६ चैत ८ गतेदेखि २०७६ चैत मसान्तसम्म हुने सबै परिक्षा स्थगित गरेको जनाएको छ ।

आयोगले संक्रमणका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले सृजना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी हाललाई मिति २०७६ चैत्र ८ गते शनिवारदेखि २०७६ चैत्र मसान्तसम्म आयोगद्धारा सञ्चालन हुने गरी पुर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परिक्षाका कार्यक्रम अर्को सुचना नआएसम्म स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

यस्तै त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेदेखि तय गरिएको स्नातक तथा स्नातकोत्तर तहका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयले नियमित पठनपाठन पनि चैत मसान्तसम्म बन्द गर्ने निर्णय लिएको छ । कोरोनाको प्रभाव हेरेर विश्वविद्यालयले परीक्षा र कक्षा सञ्चालनका विषयमा निर्णय लिने जानकारी त्रिविले दिएको छ । चैत ६ गतेको परीक्षा भने त्रिविले यथावत रुपमा लिएको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सरकारले एसईई लगातका सहित सबै परीक्षा स्थगित पनि स्थगित गर्ने निर्णय गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले पनि सरकारले एसईईसहित चैतमा हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित भएको बताएका थिए ।

यस्तै सरकारले कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ । भने २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्न सरकारले निर्देशन दिएको छ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७