त्रिविले लिने सबै परीक्षा शुक्रबारबाट अनिश्चित कालसम्म स्थगित


६ चैत्र २०७६, बिहीबार
Tribhuwan Univercity

काठमाडौं, ६ चैत । त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेदेखि तय गरिएको स्नातक तथा स्नातकोत्तर तहका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणसँगै चैतमा सञ्चालन गर्ने तयारी गरिएका सबै परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय गरिएको त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले जानकारी दिए ।

विश्वविद्यालयले नियमित पठनपाठन पनि चैत मसान्तसम्म बन्द गर्ने निर्णय लिएको छ । कोरोनाको प्रभाव हेरेर विश्वविद्यालयले परीक्षा र कक्षा सञ्चालनका विषयमा निर्णय लिने जानकारी त्रिविले दिएको छ । चैत ६ गतेको परीक्षा भने त्रिविले यथावत् रुपमा लिएको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सरकारले एसईई लगातका सहित सबै परीक्षा स्थगित पनि स्थगित गर्ने निर्णय गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले पनि सरकारले एसईईसहित चैतमा हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित भएको बताएका थिए ।

यस्तै सरकारले कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ । भने २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्न सरकारले निर्देशन दिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७