राई विद्यार्थीका संस्थापक अध्यक्ष नवीन राई वेपत्ता सुचीमा


प्रकाशित मिति : March 17, 2020

काठमाडौं, ४ चैत । किरात राई विद्यार्थी संघको संस्थापक अध्यक्ष नविनकुमार राई वेपत्ता पारिएको सुचीमा संमावेश गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका २५ सय ६ जना सार्वजनिक गरेको नाममा नवीन राईको नाम परेकाे हाे । उनको खोजिको लागि अर्जुुन जम्नेली राई अध्यक्ष रहेको बेलामा आयोगमा उजुरी दर्ता गरेका थिए ।  

जीतेन राईको अध्यक्षतमा आइतबार धरानमा सम्पन्न केन्द्रीय समिति तथा केन्द्रीय परिषद बैठकले विजयपुरगढी घोषणापत्र सार्वजनिक गर्दे संस्थापक अध्यक्ष राई अवस्था तत्काल सार्वजनिक गर्न माग गरेको थिए ।

सशस्त्र संघर्षमा बिराम लागेको १३ वर्षपछि आयोगले २०५२ सालपछि १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारेका व्यक्तिहरूको भोजपुर जिल्लाको सूचीमा राई पनि रहेका छन् । तत्कालिन नेकपा माओवादी आवद्ध अखिल क्रान्तिकारीको नेता रहेको उनी कालिमाटीदेखि सेनाले पक्राउ गरि वेपत्ता भएका थिए । राई महेन्द्र रत्न क्याम्पस ताहाचलको स्वावियु सभापति समेत हुन् ।

आयोगले वेपत्ताहरुको नाम सार्वजनिक गरेसँगै आयोगले उजुरीमाथि छानविन र वयानको काम गर्नेछ । त्यसक्रममा परिपुरण तथा एण्टीमोटम फाराम भराउने काम अघि बढाउने आयोगको तयारी छ । आयोगले बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन पनि सबैमा अनुरोध गरेको छ ।

आयोगले सार्वजनिक गरेको वेपत्ता लिष्टमा सवैभन्दा बढि बर्दियाका छन् । उक्त जिल्लाबाट २ सय ५४ जना वेपत्ताको उजुरीमा छन् । मनाङ र मुस्ताङबाट भने उजुरी नपरेको आयोगले जनाएको छ ।
बेपत्ता पारिएका व्यक्तिबारे दर्ता भएका उजुरीका आधारमा नाम सार्वजनिक गरिएको आयोगले जनाएको छ । आयोगको अघिल्लो नेतृत्वले नै बेपत्ता पारिएका व्यक्तिबारे उजुरी आह्वान गरेको थियो ।
आयोगका अनुसार, राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनाबारे उजुरी परेको छ । यीमध्ये बर्दियाबाट सबैभन्दा धेरै २ सय ५४ जनाले आफन्तको खोजखबर गरिदिन माग गर्दै आयोगमा निवेदन दिएका छन् । सशस्त्र द्वन्द्वको उद्गमस्थल मानिने रोल्पा र रुकुमपछिको प्रभावित जिल्ला बर्दियालाई मानिन्छ ।

रोल्पाबाट बेपत्ता पारिएका ९७ जनाबारे खोजी गरिदिन निवेदन परेको आयोगले जनाएको । द्वन्द्वको उद्गमस्थल रुकुमबाट भने ४५ जना मात्रै बेपत्ता भएको भन्दै उजुरी परेको छ ।

बर्दियापछि दाङबाट सबैभन्दा धेरै उजुरी परेको छ । आयोगका अनुसार, दाङबाट १ सय २८ बेपत्ताको सूचीमा छन् ।

त्यस्तै, कञ्चनपुरबाट ७७, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट समान ४० र ४० जना बेपत्ता भएको उजुरी परेको छ । काठमाडौंबाट ३२ र कालीकोटबाट २४ जना बेपत्ताको सूचीमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्