फेसबुकको न्युजफिडमा बदल्दै जुकरवर्ग


२८ पुष २०७४, शुक्रबार
mark zuckerberg 30121611

फेसबुकको न्युजफिडमा परिवर्तन गर्ने कार्यकारी प्रमुख मार्क जुकरवर्गले घोषणा गरेका छन् । फेसबुकमा बिताइएको समय अर्थपूर्ण बनाउने प्रयासस्वरुप न्युजफिड परिवर्तन गर्ने निर्णय लिएको उनले जानकारी गराएका छन् ।mark zuckerberg 30121611

यससँगै न्युजफिडमा साथी तथा परिवारका सदस्यहरुको स्टाटस अपडेट सबैभन्दा माथि देखिने र समाचार तथा ब्राण्डहरुले प्रकाशित गरेका पोस्टलाई कम महत्व दिने भएको छ ।

झूठो समाचार, अमेरिकी निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेप तथा विभिन्न अनुसन्धानहरुले फेसबुकले प्रयोगकर्ताको स्वास्थ्यमा पारेको नकारात्मक प्रभाव, आदिका विषयमा गत वर्ष चर्को आलोचना भएपछि फेसबुकले यस्तो कदम चालेको थियो । यसका लागि आइन्दा फेसबुकले ‘प्रासंगिक सामग्री’ को सट्टा ‘अर्थपूर्ण सामाजिक अन्तरक्रिया’ लाई न्युजफिडमा प्राथमिकता दिने भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७