कोलकाता बन्दरगाहमा पानीजहाजलाई क्वारेन्टाइन


७ चैत्र २०७६, शुक्रबार
kolkatta tz84dd8BlV

काठमाडौं, ७ चैत । कोरोनो भाइरस (कोभिड–१९) को संक्रमण फैलिएका देशबाट आउने कार्गो बोकेका पानीजहाजलाई कोलकाता बन्दरगाहले क्वारेन्टाइनमा राखेर मात्रै भित्रिन दिने भएको छ ।

कोलकाता पोर्ट ट्रस्टले कोरोना संक्रमणको उच्च जोखिम भएका देशबाट आउने पानीजहाजलाई १४ दिन क्वारेन्टाइनमा राखेर अनलोडको अनुमति दिइने बिहीवार सूचना निकालेर बताएको हो ।

समुद्री मार्गमै १४ दिन बिताइसकेका पानीजहाज र चालक दललाई भने क्वारेन्टाइनमा राखिने छैन । यस्ता पानीजहाजले कोरोना संक्रमणको लक्षण देखिने १४ दिनको समय समुद्रमै बिताइसक्ने भएकाले क्वारेन्टाइन आवश्यक नपर्ने कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष विनीत कुमारले बताए ।

भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको निर्देशनमा बन्दरगाहले यस्तो कदम चालेको हो । ‘कारोना भाइरसको संक्रमण पैmलन नदिन समुद्रमै क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको हो । तर, समुद्री मार्गमै १४ दिन बिताएर आएका पानीजहाजका लागि यो आवश्यक छैन,’ अध्यक्ष विनीत कुमारले आर्थिक अभियानसित भने ।

विश्व स्वास्थ्य संगठनको स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसओपी) अनुसार कोरोना प्रभावित देशबाट आएका पानीजहाजका चालक दल र मालसामानलाई क्वारेन्टाइनमा राखिने सूचना पठाएको नेपाल फ्रेट फर्वार्डर्स एशोसिएसनका पूर्वअध्यक्ष राजन शर्माले बताए ।

कोलकातासम्म आइपुगेका यस्ता पानीजहाजलाई समुद्रमै १४ दिनसम्म राखेर चालक दललाई कोराना संक्रमणको लक्षण नदेखिए मात्रै जहाजबाट ओर्लिन दिइने भएको छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७