चितवनमा ७२ घण्टामा तयार भयो ५० शैंयाको कोरोना विशेष अस्पताल


७ चैत्र २०७६, शुक्रबार
korona 2

काठमाडौं, ७ चैत : भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० श्ययाको ‘भरतपुर कोरोना विशेष अस्पताल’ तयार गरिएको छ । अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड आजबाट नै सञ्चालनमा आउनेछ । भरतपुर महानगरको अगुवाइमा छोटो अवधिमा नै अस्पतालको लागि आवश्यक उपकरण सहितको संरचना तयार गरिएको हो ।

महानगरपालिका प्रमुख रेनु दाहालले आजदेखि अस्पतालको सेवा शुभारम्भ हुने जानकारी दिइन् । अस्पतालमा परिचालन हुने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशनअनुसार आवश्यक तालिमसमेत दिइएको छ ।

अस्पतालमा परिचालन हुने स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता र सुरक्षित पोशाकको व्यवस्था गरिएको उनले बताइन् छ । कोरोनाको आशङ्का भएका बिरामीलाई मात्र यस अस्पतालमा राखिने छ । अस्पतालमा रहने बिरामी र स्वास्थ्यकर्मीका लागि आवश्यक खानादेखि इन्टरनेटसम्मका सुविधाको व्यवस्था गरिएको छ ।

महानगरपालिका प्रमुख दाहाललसंयोजकत्वमा रहेको १५ सदस्यीय कार्यदलले ७२ घण्टामा अस्पताल तयार गरी सञ्चालन गर्न लागेको हो । कार्यदलका प्रवक्ता डा. भोजराज अधिकारीले अस्पताल सञ्चालन गर्न जिल्लाका दुई सरकारी र दुई निजी मेडिकल कलेजबाट आवश्यक श्यया ल्याइएको जानकारी बताएका छन् । प्रयोगशाला, रेडियोलोजीलगायतका सेवाका लागि निजी अस्पतालले सहयोग गरेका छन् । अस्पताल सञ्चालनका लागि उद्योग सङ्घ र उद्योग वाणिज्य सङ्घले आ–आफ्नो ठाउँबाट सहयोग गरेको उहाँले बताउनुभयो । अस्पतालमा सरकारी अस्पताल, निजी मेडिकल कलेज र भरतपुर महानगरपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

अन्य सबै खर्च अहिले भरतपुर महानगरपालिकाले गरिरहेको जनाएको छ । अस्पतालमा छिट्टै १० श्ययाको सघन उपचारकक्ष र १० श्ययाका हाइ डिपेन्डेन्ट युनिट (एचडीयू) समेत सञ्चालन गरिँदैछ । यसका लागि काम अघि बढिसकेको प्रमुख डा. अधिकारीले जानकारी दिए । अस्पताल सञ्चालनका लागि सात सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।

केबलकार, सिनेमाघर र हाटबजार ब्न्द गर्न निर्देशन
कुरिनटारको चेरेशमा रहेको मनकामना केबलकार र जिल्लामा सञ्चालन हुँदै आएका हाटबजारलाई बन्द गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले केबलकार र हाटबजारमा सर्वसाधारणको ठूलो जमघट हुने भएकाले तत्कालका लागि बन्द गर्न निर्देशन दिइएको जानकारी दिएका छन् ।

उनका अनुसार केबलकार सञ्चालकले सूचना प्रवाह गर्न एक दिनको समय माग गरेकाले केवलकार शनिबारबाट बन्द गर्न भनिएको छ । हाटबजार र सिनेमाघर आजबाट बन्द गर्न सूचना जारी गरिएको छ । मनकामना मन्दिर दर्शन गर्न जाने केबलकार चितवनको कुरिनटारस्थित चेरेशमा रहेको छ ।

तत्कालका लागि वैकल्पिक व्यवस्थाको खोजी गर्न भन्दै हाटबजार बन्द गर्न भनिएको हो । यस्तै जिल्लाका सबै सिनेमा घर पनि बन्द गर्न निर्देशन दिइएको छ ।रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७