काश्मिरमा फेरि तनाव


१८ आश्विन २०७४, बुधबार
Kasmir

 

Kasmir

पाकिस्तान, १८ असोज :  प्राय तनाव नै भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा बुधबार फेरि अर्को झडप भएको समाचार छ । उक्त झडपका क्रममा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ ।

सीमा नजिकैको अब्बासपुर क्षेत्रको एक गाउँमा भएको सो झडपमा गोली चल्दा एकै परिवारका दुई दाजुबहिनीको ज्यान गएको बताइएको छ । सो झडपमा परी अरु दुई जना घाइते भएका पाकिस्तानी पक्षले जनाएको छ । घाइते हुनेमा सोही गाउँका दुई महिला रहेको सो समाचारमा उल्लेख गरिएको छ ।

मङ्गलबार मात्र पनि भारत अधिनश्थ काश्मिरमा रहेको भारतको अर्धसैन्य बलको चेकपोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरी तीन जना भारतीय सुरक्षाकर्मीको हत्या गरेका थिए । आक्रमणमा पाकिस्तानी आतंककारी समूहको हात रहेको भारतीय पक्षले जनाएको छ । सो क्षेत्रमा गत महिना पनि दुवै पक्षका सेनाबीच गोली हानाहान भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७